Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सरकारविरुद्ध आन्दोलन गर्न दाहाल–नेपाल समूहले अरु दलसँग सहकार्य गर्ने

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले सरकारविरुद्ध आन्दोलनका लागि अरु दलसँग सहकार्य गर्ने भएको छ ।

 

 

स्थायी कमिटी बैठकले प्रतिनिधि सभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरुद्धमा भएका सबै पार्टीहरुसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णय गरेको हो ।

 

 

बैठकले पार्टीभित्रको सांगठनिक कार्य विभाजन गर्न कार्यदल गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको बैठकले पार्टी अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको हो ।

 

 

कार्यदलले प्रदेशका कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारीहरु, केन्द्रीय संगठनहरु, मोर्चा संगठनका पदाधिकारीहरु र सांगठनिक एकीकरणका बाँकी कामहरु सम्पन्न गर्ने अधिकार पाएको छ । 

 

 

प्रवक्ता नारायणकाजी श्रेष्ठले सांगठनिक काम गर्न अध्यक्ष नेपालको संयोजकत्वमा कार्यदल बनेको र भोलि बस्ने बैठकले कार्यदललाई अन्तिम रुप दिने बताए । बैठकमा अध्यक्ष द्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलनको रक्षाको लागि दृढतापूर्वक अघि बढ्न सबै नेता कार्यकर्तालाई अपील गरेको पनि उनको भनाइ छ ।

 

 

बैठकमा सरकारले प्रतिनिधि सभाको विघटन गरी चालेको असंवैधानिक कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठले बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै