
पर्साको अभिनास इन्टरनेसनल प्रालिका सञ्चालक प्रविन्द्र साहलाई ५ करोड २९ लाख विगो दाबीसहित जरिवाना र कैद माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको छ ।
राजस्व अनुसन्धान विभागले उनीमाथि झुट्टा तथा नक्कली मुल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छलि गरेको आरोपमा उक्त मुद्दा दायर गरेको हो ।
साहसँगै उक्त फर्मको बैंक खाता सञ्चालक मोहम्मद जाबिर अन्सारीले मालबस्तु स्थानीय खरिद तथा आयात नगरी, झुट्टा खरिद देखाई विभिन्न फर्महरूलाई विक्री बीजक जारी गरी उक्त फर्महरूबाट विक्री रकम भुक्तानी गरेका थिए ।
तर त्यसक्रममा उनीहरुले बीजक मार्फत असुल गरेको मूल्य अभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झुट्टा बीजक उपलब्ध गराएको विभागले जनाएको छ ।
उनलाई राजस्व चुहावटको कसूरगरेको देखिएकाले राजस्व चुहावट ऐनको दफा ३ बमोजिम कारवाहीका लागि माग गरिएको हो ।
राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ।
पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकाेटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेकाे अवैध २२ किलाे सुनकाे तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit