Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

२ सय ६७ जना बिरुद्ध २३ अर्बको राजस्व छली मुद्धा

चालू आर्थिक वर्षमा राजस्व अनुसन्धान विभागले २३ अर्ब २६ करोड रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरेको छ ।

 

यो वर्षको साउनदेखि हालसम्म २ सय ६७ जना प्रतिवादीविरुद्ध सो रकमबराबर बिगो दाबी गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

 

दायर मुद्दामध्ये राजस्व चुहावटतर्फका ५८ मुद्दामा १८ अर्ब ४५ करोड बिगो दाबी गरिएको छ भने विदेशी विनिमय अपचलनतर्फ २१ मुद्दामा ४ अर्ब ८१ करोड रुपैयाँ बिगो दाबी गरिएको समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ।

 

‘राजस्व चुहावटतर्फका मुद्दामध्ये ७५ प्रतिशत नक्कली भ्याटबिलसँग सम्बन्धित छन्,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक रामप्रसाद आचार्यले भने, ‘त्यसमा पनि ८० प्रतिशत नक्कली भ्याट बिल बनाएर बेच्नेहरूविरुद्धका छन् ।’ 

 

गत आर्थिक वर्षको तुलनामा विभागले दायर गरेका मुद्दा र प्रतिवादीको संख्या कम भए पनि बिगो रकम भने उच्चदरमा बढेको छ । गत आव ०७६÷७७ मा विभागले ३ सय २० प्रतिवादीविरुद्ध ९७ राजस्व चुहावटका मुद्दा दायर गरेको थियो ।

 

ती मुद्दामा कुल १५ अर्ब १५ करोड रुपैयाँ बिगो दाबी गरिएको थियो । तर, चालू आर्थिक वर्षमा राजस्व चुहावटका ५८ वटा मात्रै मुद्दा दर्ता भएका छन्, तिनमा २ सय ३१ जनालाई प्रतिवादी बनाइएको छ । तर, बिगो रकम भने बढेर १८ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । 

 

विदेशी मुद्राको अपचलनमा पनि मुद्दा संख्या घटेको, तर बिगो रकम भने बढेको छ । गत आवमा १ सय ४७ मुद्दामा २ सय ३० लाई प्रतिवादी बनाई विदेशी विनिमय अपचलनसम्बन्धी मुद्दा दायर भएको थियो, जसमा १ अर्ब २३ करोड रुपैयाँ बिगो दाबी गरिएको थियो । चालू आवमा मुद्दा संख्या २१ र प्रतिवादी संख्या ३६ मा झरे पनि बिगो दाबी भने ४ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

 

‘विभागले राजस्व चुहावट र विदेशी विनिमयतर्फ ठूलो मात्रामा अनुसन्धान गरी मुद्दा हाल्न सफल भएको छ,’ विभागका उपमहानिर्देशक शिवलाल तिवारीले भने । विभागले ११ जना सरकारी कर्मचारीविरुद्ध पनि मुद्दा दायर गरेको तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

सुनतस्करीका नाईके सोनी बिरुद्ध दुई अर्व ३९ करोडको मुद्दा 

राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ।

असार २२, २०७८

वीरगञ्जमा बरामद सुनले बिहार निर्वाचनमा हल्लीखल्ली

पर्सा प्रहरीले कार्तिक १ मा वीरगञ्ज रेशमकाेटीस्थित श्री गणेश अपार्टमेन्टबाट बरामद गरेकाे अवैध २२ किलाे सुनकाे तार भारतीय जनता पार्टीका तर्फबाट विधानसभा निर्वाचनमा एनडिए प...

असार २२, २०७८