Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

दाहाल–नेपाल पक्षको थप आन्दोलनका कार्यक्रम घोषणा, माघ २८ मा बृहत् प्रदर्शन

नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनको थप कार्यक्रम घोषणा गरेको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केन्द्रीय संघर्ष समितिले पत्रकार सम्मेलन गरी पार्टीको थप आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । 

 

आन्दोलनको कार्यक्रमहरुमा २०७७ माघ १३ गते सिट्ठी जुलुश, माघ १४ गतेदेखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभाका सदस्य, राष्ट्रिय सभा सदस्य र विघटित प्रतिनिधि सभाका सांसद र प्रदेश सभाका सदस्यहरु सहितको दैनिक धर्ना कार्यक्रम हुने केन्द्रीय संघर्ष समितिकी सह–संयोजक पम्फा भुसालले जानकारी दिइन् । 

 

त्यसैगरी, माघ १६ गते शहिद दिवसको अवसरमा जुलुससहित सहिदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम राखिएको छ भने देशभर विभिन्न विरोध सभा र आन्दोलनको घोषणा गरिएको छ । माघ १५ गते बुटवलमा, माघ १६ गते विराटनगरमा र माघ १७ गते धनगढीमा बृहत जनसभा हुने जनाइएको छ । 

 

ती सभाहरुमा पार्टी अध्यक्ष तथा वरिष्ठ नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ । प्रदेशका राजधानीहरुमा विशिष्ट प्रकारका ठोस कार्यक्रमहरुको निरन्तरता दिने, समाजका विभिन्न तह र तप्काका मानिसहरुसँग अन्तत्र्रिmया आयोजना गरिने भएको छ । 

 

माघ २२ गते काठमाडौँमा युवा ¥याली, माघ २६ गते देशव्यापी मशाल जुलुश तथा माघ २८ गते काठमाडौँमा बृहत विरोध प्रदर्शन तथा सभा हुने केन्द्रीय संघर्ष समिति सह–संयोजक भुसालले बताइन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भारतीय विदेश सचिवको ३० घण्टे नेपाल बसाइको यस्तो छ तालिका

नेपालमा राजनीतिक खिचातानी र सत्तारुढ दलबिच चलिरहेको जुहारीका बिच दिल्लीका दूतको भ्रमण औपचारिक भएपनि विदेश सचिव श्रृंगलाले नेपालमा रहँदा प्रतिपक्षी सबै दलका नेतासँग आलोपाल...

माघ १३, २०७७