Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान, यी विषयमा हुनेछ समझदारी

राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने राजकीय भ्रमणका लागि सोमबार बिहान त्रिभुवन विमानस्थलमार्फत बंगलादेश प्रस्थान गरेकी छन्। 

 

राष्ट्रपति भण्डारी बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल अमिदको मैत्रीपूर्ण निमन्त्रणामा गएकी हुन्।  राष्ट्रपति भण्डारीले बंगलादेशका राष्ट्रपिता बंगाबन्धु शेख मुजिब रहमानको सतवार्षिकी मनाउने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

 

राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेकपा एमालेका नेता सुवास नेम्वाङलगायत उच्चपदस्थ अधिकारी पुगेका थिए।

 

उनको भ्रमणका बेला रेल्वे, यातायात, बन्दरगाह सुविधालाई नेपालसँग जोड्ने, बंगलादेशले नेपालबाट विद्युत् खरिदका लागि समझदारी हुनसक्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ।

 

राष्ट्रपति भण्डारीले बंगलादेशस्थित नेपाली दूतावासको भ्रमण गर्ने र त्यहाँ रहेका नेपाली नागरिकसँग भेट्ने कार्यक्रमसमेत तय भएको छ। राष्ट्रपति भण्डारी भ्रमण सकेर मंगलबार स्वदेश फर्किने कार्यक्रम छ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै