Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अख्तियारद्वारा २ वडा सदस्यसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग तथा अनुसन्धान आयोगले घुस लिएको आरोपमा २ वडा सदस्यसहित ३ जनाविरुद्ध विशेष अदालमा मुद्दा दायर गरेको छ ।

 

 

आयोगले आज सर्लाही ईश्वरपुरनगरपालिकाका २ वडा सदस्यविरुद्ध मुद्दा दायर गरेको छ । ईश्वरपुर नगरपालिका ११ का सदस्यद्वय सोनेलाल साह रौनियार र उमेश रायलाई घुस लिइसकेको अवस्थामा आयोगले मंसिर २९ गते नियन्त्रणमा लिएको थियो । उनीहरुले ढलानसम्बन्धी काम सम्पन्न पश्चात उपभोक्ता समितिलाई कार्य सम्पन्न सिफारिस गरि दिएवापत  एक लाख पचास हजार घुस लिएका थिए । घुस लिएको सुचना प्राप्त भएपछि उनीहरुलाई आयोगले नियन्त्रणमा लिएको थियो ।

 

 

भ्रष्टाचार निवारण ऐन अनुसार उनीहरुलाई उक्त रकम मागी विगोसहित आयोगले सजायको लागि आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

 

त्यस्तै, आयोगले इलामको जुनतारा सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष राजेन्द्र थेबेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

 

 

अध्यक्ष थेबेले अन्य पदाधिकारीलाई थाहा नदिई बाहिरको ठेकदार तथा समिलसँग वनका गोलिया काठ दिने भनेर पैसा लिएका थिए । त्यस्तै उनले २०७२ सालमा काठ विक्री गरेको रकम कोषाध्यक्षको किर्ते सही गरी निकालेर हिनामिना गरेको पनि आयोगमा उजुरी परेको थियो । त्यस्तै, उनीविरुद्ध रु १३,९७,७७७ रकम हिनामिना गरेको पनि आयोगमा उजुरी परेको थियो ।
 

 

भ्रष्टचार निवारण ऐन बमोजिम उक्त रकमको मागी विगोसहित सजायका लागि उनीविरुद्ध आयोगले आज अदालमा मुद्दा दायर गरेको हो ।


 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै