Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रदेश २ को स्वच्छता कार्यक्रममा अनियमितता, रकमअनुसार काम नभएको आरोप

प्रदेश नम्बर २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री स्वच्छता अभियानमा स्थानीय तहसँग समन्वय नगरी योजनाको छनोट र कार्यान्वयन गर्ने गरिएको कारणले अनियमतिता हुने गरेको आरोप लागेको छ । 

 

स्थानीय तहको समन्वयविना योजना छनोट गर्ने र आफूखुसी कार्यकर्ताहरुलाई योजना बाँड्ने गरिएको कारणले अनियमितता हुने गरेको जनप्रतिनिधिहरुले आरोप लगाएका हुन् ।.

 

प्रदेश नम्बर २ सरकारले स्वच्छता अभियानअन्तर्गत आर्थिक वर्ष २०७७/७८ मा गर्ने भनिएको धनुषा नगराइन नगरपालिका–५ गांगुलीस्थित माधव ठाकुरबाबा मन्दिरको जीर्णोद्धार गरिएको छ । तर यसमा रकम अनुसार काम नभएको स्थानीयको गुनासो छ । 

 

माधव ठाकुरबाबा हजाम जातिका कुल देवता मानिन्छन् । मन्दिरका पूजारी उपेन्द्र ठाकुरका अनुसार वर्षौंदेखि रहेको यो मन्दिरमा २०७६ सालमा ठाकुर जातका व्यक्तिले नै कुल देवताको मन्दिर जीर्णोद्धार गरेको थियो । त्यसैमा पछि प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत योजना दिएको थियो । 

 

‘मुख्यमन्त्री स्वच्छता अभियान’ कार्यक्रमले पनि गएको वर्ष त्यही मन्दिरको जीर्णोद्धार गर्ने, टायल र पेन्ट गर्ने, वरिपरि पर्खाल लगाउने, धर्मशाला भनेर दुई कोठे टहरो बनाउने अनि झन्डै ५ सय मिटर टाढा रहेको राधो मरद मन्दिरदेखि उक्त मन्दिरसम्म जाने बाटो निर्माण गर्ने योजना बनायो । माधव ठाकुरबाबा उपभोक्ता समितिका अध्यक्ष राधेश्याम झाले यो योजनाको कुल लागत ८२ लाख भएको बताए । मुख्यमन्त्री स्वच्छता अभियानले उक्त मन्दिरको जीर्णोद्धार गरी रकम भुक्तानीसमेत गरिसकेको छ । 

 

तर स्थानीयहरुले त्यति रकम खर्च नभएको बताएका छन् । स्थानीयलाई जानकारी नै नदिई सो काम गराइएको उनीहरुको भनाइ छ ।

 

मन्दिरको सौन्दर्यको नाममा रंग, रोगनबाहेक केही पनि नगरिएको स्थानीयले बताउने गरेका छन् । यता नगराईन नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष विष्णुदेव झाले सो ठाउँमा प्रदेश सरकारबाट काम गराइएको र योजना अनुसार काम सम्पन्न नभएको बताए ।

 

झाले प्रदेश सरकारले गर्ने कुनै पनि काममा आफुहरुसँग समन्वय नगरिएको बताए । उनले माधव ठाकुरमा भएको काम गुणस्तरहस्न भएको दाबी पनि गरे । गएको असार ३० गते माधव ठाकुरबाबा उपभोक्ता समितिमार्फत ५८ लाख ८१ हजार ६ सय २१ रुपैयाँ भुक्तानी दिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया

1
  • Qeduyi

    फाल्गुण ३, २०७८

    generic cialis - cialis 40mg brand brand tadalafil

प्रतिकृया थप्नुहोस्
  • Qeduyi

    फाल्गुण ३, २०७८

    generic cialis - cialis 40mg brand brand tadalafil

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै