
कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बेपत्ता पारिएका व्यक्तिलाई खोजी गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री कार्कीले बेपत्ता पारिएका व्यक्तिहरुलाई सरकारले खोजी तथा अनुसन्धान गर्न तयार रहेको बताएका छन् ।
‘तपाईंहरुले अभिव्यक्त गर्नुभएका विचारहरु र तपाईहरुका भावनाहरु र यो जुन समस्या छ, यो समस्यालाई चाँडो भन्दा चाँडो समाधान गरेर अगाडि बढ्ने अठोट गर्दछु,’ उनले भने, ‘यसका लागि सबै सरकोरवालासँग छलफल गरी टुंगोमा पुर्याउन यो सरकार तयार छ ।’
कार्यक्रममा कानून बनाएर नपुग्ने भन्दै महान्यायाधिवक्ता खम्बबहादुर खातीले कानूनको परिपालना गरी अघि बढ्नुपर्ने बताए । उनले यो कुनै मुद्दा वा पार्टीको राजनीतिक विषयवस्तु नभएको बताउँदै शान्तिको लागि सम्झौता भएकोले बेपत्ता र बेपत्ता पारिएकाहरुको जिम्मेवारी सरकारले लिनुपर्ने बताए
।
‘आज परिवर्तनको लागि लडेका व्यक्तिहरुको, बेपत्ता पारिएका व्यक्तिहरुलाई न्याय दिनुपर्ने अवस्था छ, राज्यले कम्तीमा पनि बेपत्ता तथा बेपत्ता पारिएका परिवारप्रति एउटा अभिभावकत्व जिम्मेवारी लिनुपर्छ जस्तो मलाई लाग्छ ।’
बेपत्ता पारिएकाको परिवारका सदस्यहरुले न्याय नपाए विद्रोह हुनसक्ने चेतावनी सरकारलाई दिएका छन् ।
अन्तरक्रियामा पीडित सदस्य खुमा सुवेदीले राज्य छ कि छैन भनेर अनुभूति नभएको र आयोगले काम गर्न नसकेको बताए । पीडित राजु नेपालीले अधिकार मागेर नपाइने भए खोस्नुपर्ने बताए ।
उनले कोठा र होटलमा कार्यक्रम गरेर मात्रै काम नहुने भन्दै पीडितलाई अधिकार दिलाउने काम आयोगले गर्नुपर्ने धारणा राखे । राजनैतिक रुपमा वकालत हुनेगरी काम गर्न सक्नुपर्ने, युद्ध गराउने र गर्नेले जवाफ दिने गरी काम हुनुपर्ने उनको भनाइ छ ।
कार्यक्रममा पीडितहरुले वर्तमान सरकार र नेतृत्वले बेपत्ता परिवार, घाइतेको आवाज नसुनेको आरोप लगाएका थिए ।
सडक संघर्ष गरिहालौं : वरिष्ठ नेता पौडेल, निर्वाचन आयोग र अदालतको निर्णय पर्खौं : सभापति देउवा
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit