Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

भारत सरकारको अनुदानमा पर्वतमा विद्यालयको भवन निर्माण 

भारत सरकारको सहयोगमा पर्वत जिल्लाको कुश्मा नगरपालिका–१० स्थित पिपलटारस्थित पूर्णेश्वर माध्यमिक विद्यालयको कम्प्युटर भवन निर्माण गरिएको छ । मंगलबार भारतीय राजदूतावासका प्रथम सचिव श्री करुण वंशलले उक्त भवनको उद्घाटन गरेका हुन् । 

 


सामुदायिक विकास परियोजनाका रुपमा शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत १ करोड ७५ लाख रुपैयाँ लागतमा यो परियोजनाको निर्माण गरिएको हो ।

 

 

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजनामध्येको एक हो ।

 


श्री पूर्णेश्वर माध्यमिक विद्यालय पर्वत जिल्लाकै एक पुरानो विद्यालय हो । विद्यालयमा २५० भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये करिब ६० प्रतिशत छात्रा छन् ।

 

भारत सरकारको सहयोगमा यस विद्यालयका लागि विशेषतः कम्प्युटर प्रविधिका लागि निर्माण गरिएको नयाँ पूर्वाधारले गुणस्तरीय शिक्षाको खोजीमा रहेका विद्यार्थीका लागि सुविधा प्रदान गर्नेछ । 

 


सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ र नेपालका सबै सातै प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई र अन्य सार्वजनिक संरचनाको निर्माणका क्षेत्रमा ४७० वटा परियोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।

 

यसमध्ये पर्वत जिल्लाका दुई परियोजनासहित ५७ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना गण्डकी प्रदेशमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको यस्तो थियो नेपालमा धार्मिक यात्रा

नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार स्वेदश फर्किएका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणेले नेपाल भ्रमणकाक्रममा भगवान पशुपतिनाथ, बसन्तपुर दरबार क्षे...

जेठ १७, २०७९