Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

राजदूत राजभण्डारीद्वारा बेल्जियमका राजासमक्ष ओहोदाको प्रमाणपत्र पेश


बेल्जियमका लागि नेपाली राजदूत गहेन्द्र राजभण्डारीले बेल्जियमका राजा फिलिपसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । 

 

बुधबार ब्रसेल्सको राजदरबारमा आयोजित विशेष समारोहमा राजभण्डारीले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

 

सरकारले गत भदौमा राजभण्डारीलाई राजदूतका लागि सिफारिस गरेको थियो । 

 

राजभण्डारी यसअघि परराष्ट्र मन्त्रालयमा प्रमुख शिष्टाचार महापाल, अधिकारी दक्षिण पूर्वी एसिया डेक्स प्रमुख र खड्का राहदानी महाशाखाका महानिर्देशक थिए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै