Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

बजेटमा नेपाली कांग्रेशको टिप्पणी ‘महामारी र जनता भन्दा निर्वाचन केन्द्रित र मतदाता भ्रमित गर्ने  छ’ 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटमा समावेश योजना र कार्यक्रमहरु जनमत प्रभावित गर्ने दुरासययुक्त रहेको निष्कर्ष निकालेको छ । कोभिड महामारीले अर्थतन्त्र र जनजीवन नराम्रोसंग प्रभावित भएको समयमा सरकारले भने निर्वाचन केन्द्रीत भएर जनमत प्रभावित गर्ने बजेट ल्याएको कांग्रेुसको ठहर हो । 

 

उसले सरकारले ल्याएका योजना तथा कार्यक्रम निर्वाचन केन्द्रित रहेको बताएको हो । 

 

सिंहदरबारस्थित संसदीय दलमा सोमबार आयोजित पत्रकार सम्मेलनमा विपक्षी दलका छायाँ अर्थमन्त्री समेत रहेका नेता डाक्टर मिनेन्द्र  रिजालले २०७ /७९ को बजेट वक्तव्यमा भ्रमको खेति गरि जनमत प्रभावित गर्ने सरकारी दुरासययुक्त रहेको बताए । 

 


उनले भने, ‘योजना कार्यान्वयन गर्ने क्षमता छैन तर आकाशको जुन तारा नै खसाल्छु भन्ने भ्रमको खेती गर्न अघिल्लो निर्वाचनमा झै जनमत प्रभावित गर्ने सरकारी दुरासय बजेट वक्तव्यमा प्रष्ट छ ।’ 

 


उनले आगामी आर्थिक बर्ष र चालु आर्थिक बर्षका लागि संसोधन गरिएको राजश्व संकलन गर्ने योजना विफल हुने ठोकुवा गरे । उनले सरकारले नागरिकको थाप्लोमा ऋणको बोझ बढाएर अनुत्तरदायी व्यवहार र आचरणको पराकाष्ट नाघेको आरोप समेत लगाए । 

 


‘भ्रमको खेती गर्ने उद्देश्यका साथ बजेटमा प्रस्तुत गरिएका योजनाको कार्यान्वयन संभव छैन । नागरिकको थाप्लोमाथिको ऋण अझै बढ्ने छ । सरकारले अनुत्तरदायी व्यवहार र आचरणको पराकाष्ट नाघेको छ,’ रिजालले भने । 

 


कोरोनाको पहिलो लहरले १२ लाख नेपालीलाई वेरोजगार बनाएको र दोश्रो लहरले थप वेरोजगारी बढाएको, खोपको सुनिश्चितता गर्न नसक्दा अपेक्षा गरिए अनुसार राजश्व संकलन, पुँजीगत खर्च लगायतका बजेटमा गरिएको आम्दानीका अन्य लक्ष्यहरु पुरा हुन नसक्ने ठहर कांग्रेसले गरेको छ । 

 

 

त्यसैगरी अर्थतन्त्र सिमान्त मात्रै विस्तार हुने भन्दै सरकारले आकलन गरेको साढे ६ प्रतिशत पुग्न नसक्ने दाबी पनि कांग्रेसको छ ।

 


कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको असंबैधानिक कदममाथि परेको मुद्दा सर्वोच्चमा परीक्षण भईरहेको अवस्थामा सरकारले संसद छलेर बजेट ल्याउन नसक्ने दाबी पनि गरेको छ ।

 


कांग्रेसले भनेको छ, ‘अनेकौ छलछाम र प्रपञ्च रची सरकारले प्रतिनिधिसभा विघटन गरेर बैधता गुमाईसकेको छ । यसरी बैधता गुमाईसकेको सरकारले आगामी आर्थिक बर्षको बजेट जेठ १५ गते सार्वजनिक गर्यो । प्रतिनिधिसभा विघटनको कदमको बैधानिकता सर्वोच्च अदालतमा परीक्षण भईरहेको छ । संसदलाई छलेर राजश्वर र व्ययको विनियोजन गर्ने, राष्ट्रिय ऋण उठाउन प्रस्तुत गरिएको यो बजेटले सरकारको ढुकुटी खर्च गर्ने, जनतालाई कर र ऋणको भार थप्ने कुनै पनि कार्य जनताको प्रतिनिधिको स्वीकृति वेगर गर्न पाईदैन भन्ने स्थापित लोकतान्त्रिक मुल्य र मान्यता विपरित छ ।’

 


कांग्रेसले जनमत गुमिसक्दा र शासकिय नेतृत्वको असफलता पछि पनि सरकार साढे ३ बर्ष अघिको जनमतको भ्रमबाट मुक्त हुन नसकेको टिप्पणी गरेको छ ।

 


कांग्रेसले भनेको छ, ‘विगत आमनिर्वाचनमा जनतासंग अनेकौ झुट बाँचा गरेर बनेको यो सरकारले निर्वाचन मार्फत साढे ३ बर्ष अघि आफुले प्राप्त गरेको जन अनुमोदनको आधार छिन्नभिन्न पारिसकेको छ । तैपनि जनताको आखामा छारो हाली शासन गर्न सकिन्छ भन्ने सरकारी मनोकांक्षाबाट सरकार ग्रस्त छ । शासनको असफलतापछि पनि हावादारी गफबाट नेपाललाई सम्मृद्ध र सुखी बनाउन सकिन्छ भन्ने भ्रमबाट सरकार अझै मुक्त हुन सकेको छैन ।’

 


पत्रकार सम्मेलनमा छाँयामन्त्री डाक्टर रिजालले अघिल्लो बर्ष माघ १४ गते प्रधानमन्त्रीले ३ महिनाभित्र सम्पुर्ण नेपालीलाई खोप उपलब्ध गराईसक्ने प्रतिवद्धता जारी गरेको स्मरण गराउदै अहिले सम्म २ लाख ३२ हजार नागरिकले मात्रै दुवै डोज लगाउन पाएको तथ्यांक प्रस्तुत गरे  । 

 

उनले  खोपको पहिलो डोज लगाउनेहरुका लागि दोश्रो डोजको सुनिश्चितता गर्न पनि सरकार असफल भएको टिप्पणी गरे  ।

 

‘बिनाकुनै कुटनीतिक गृहकार्य र परिश्रम जतासुकै पत्र पठाएको भरमा खोपको जोहो हुन्छ भन्ने सोच सरकारद्धारा प्रर्दशित अनुत्तरदायी मनोवृत्तिको श्रृंखलाको थप अर्को कडी हो । खोप लगाउने कोभिड संक्रमण फैलिन नदिने, संक्रमितलाई उपचार गरेर जोगाउने सरकारी जिम्मेबारी बजेट किताबमा रकम छुट्याएर मात्रै पुरा हुदैन । बजेट विनियोजन गरिएको भएतापनि स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता, उपचारमा गरिएको लापरवाही, कोरोना जोखिमबारे गैरजिम्मेवार र हल्का रुपमा प्रधानमन्त्रीले दिनुभएको सार्वजनिक अभिव्यक्तिका कारण अघिल्लो बर्ष देश, जनता र अर्थतन्त्रले निकै ठूलो क्षति व्यहोर्नुपर्यो’ डाक्टर रिजालले भने । 

 


उनले बजेट वक्तव्यमा लेखिएका नारा, खोप, औषधी र उपकरण अनि अस्पताल होइन अघिल्लो बर्ष भन्दा ३ गुना लामो वक्तव्यमा सरकारले आफ्ना योजनाहरु आकाशको जुन तारा नै खसाल्छु भने झै गरी अघि सारेको टिप्पणी गरे । 

 


सरकारको बजेटले कोभिड महामारीबाट नराम्रोसंग जनजीविका प्रभावित भएकामा कसैमा पनि आशा जागृत गराउन नसकेको टिप्पणी कांग्रेशको बुझाई छ । 

 


कोरोना कहरबाट प्रताणित, आफन्तजन गुमाएका, आफै संक्रमणमा परेका, रोजगारी गुमाएका वा त्यस्तो जोखिममा परेका तथा अर्थतन्त्रको गतिहिनता र राजनीतिक दाउपेच र खिचातानीबाट आजित र निराश नागरिकबीच यो बजेटले कुनै पनि आशा जागृत गर्न सकेको छैन कांग्रेशले भनेको छ । 

 


विघटित प्रतिनिधिसभा पुर्नस्थापनाका सम्बन्धमा संञ्चारकर्मीको जिज्ञासामा डाक्टर रिजालले न्यायलयप्रति आफुहरुको भरोसा रहेकाले अदालतले उचित निर्णय गर्नेमा विश्वस्त रहेको भन्दै संविधान, न्याय र जनताको पक्षमा निर्णय हुने दाबी गरे । 

प्रतिक्रिया

1
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै