
सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको छ ।
आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको बताएका छन् ।
उनले आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० बिलियन जापानी येन सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने, नेपाल विद्युत प्रधिकरण कृष्णनगर, चन्द्र प्र. शाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष श्री युवराज सुवेदीलाई १५–१६ मंसिर २०७८ सम्म आयोजना हुन लागेको ‘अन कम्पास इन्टरनेशनल समिट एण्ड ह्यूमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेण्डेमिक ट्रान्सफर्मेशन एन इमर्जेन्सी प्रिपियर्नेश’ कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गर्ने निर्णय भएको बताएका छन् ।
त्यस्तै, उनले प्रशोधित घाँसको व्यावसायीक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरुप नेपाल र जनवादी गणतन्त्र चीनका बीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने, नेपाल सरकार र यूएनडिपी बीच सम्पन्न भएको स्ट्याण्डर बेशिक असिस्टेण्ट एग्रिमेण्टलाई लागू गर्न कुटनीतिक नोट परराष्ट्रमन्त्रालयबाट संयुक्त राष्ट्रसंघलाई पठाउन स्वीकृत दिने, मिति २०७८ मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरिका राष्ट्रपतिबाट भर्चुअलरुपमा आयोजना हुन लागेको लोकतन्त्र सम्बन्धी शिखर सम्मेलन ‘समिट फर डेमोक्रेशी’मा भाग लिन प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने निर्णय भएको पनि बताएका छन् ।
उनका अनुसार राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा टंकलाल घिसिङलाई नियुक्ति गर्ने, चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संशोधन नियमावली २०७८ स्वीकृत गर्ने, रेडियो सञ्चार लाइसेन्स पाचौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै, सरकारले लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।
‘आर्थिक वृद्धि तथा उत्पादनशीलताका लागि जापान सरकारबाट प्राप्त हुने १० बिलियन जापानी येन, करिब १० अर्ब ३९ करोड रुपैयाँ सहुलियतपूर्ण नीतिगत ऋणका सम्बन्धमा नेपाल सरकारको तर्फबाट वार्ता टोली गठन गर्ने, प्रहरी नवौँ संसोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने, नेपाल विद्युत प्रधिकरण कृष्णनगर, चन्द्र प्र. शाखा कार्यालय भवन निर्माण गर्न आवश्यक पर्ने जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरिएकोे छ’ उनले भने ।
‘सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष श्री युवराज सुवेदीलाई १५–१६ मंसिर २०७८ सम्म आयोजना हुन लागेको अन कम्पास इन्टरनेशनल समिट एण्ड ह्यूमानिटेरियन फोर सिक्स २०२१ पोस्ट पेण्डेमिक ट्रान्सफर्मेशन एन इमर्जेन्सी प्रिपियर्नेश कार्यक्रममा सहभागि हुन स्वीकृत प्रदान गर्ने । हेलेज, प्रशोधित घाँसको व्यावसायीक उत्पादन गरी चीनमा निर्यात गर्ने उद्देश्यअनुरुप नेपाल र जनवादी गणतन्त्र चीनका बीच सम्झौताका लागि तयार पारिएको प्रोटोकललाई स्वीकृत गर्ने । प्रहरी नवौँ संसोधन नियमावली २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ’ उनले भने ।
‘नेपाल सरकार र यूएनडिपी बीच सम्पन्न भएको स्ट्याण्डर बेशिक असिस्टेण्ट एग्रिमेण्टलाई लागू गर्न कुटनीतिक नोट परराष्ट्रमन्त्रालयबाट संयुक्त राष्ट्रसंघलाई पठाउन स्वीकृत दिने । मिति २०७८ मंसिर २३ र २४ गते संयुक्त राज्य अमेरिकाका महामहिम राष्ट्रपतिबाट भर्चुअलरुपमा आयोजना हुन लागेको लोकतन्त्र सम्बन्धी शिखर सम्मेलन समिट फर डेमोक्रेशीमा भाग लिन सम्माननीय प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने गरेको छ’ उनले भने ।
‘राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव पदमा श्री टंकलाल घिसिङ सुनपति २, रामेछापलाई नियुक्त गर्ने । चलचित्र निर्माण प्रदर्शन तथा वितरण सातौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने । रेडियो सञ्चार लाइसेन्स पाचौँ संसोधन नियमावली २०७८ स्वीकृत गर्ने । लोकसेवा आयोगको सिफारिस बमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीमा नियुक्त गर्ने । कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएका मुलुकहरुबाट नेपाल आउने यात्रुहरुको यात्रा, व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ’ उनले भने ।
उनले राजपत्राङ्कित विशिष्ट श्रेणीका १० जना सचिवहरुलाई सरुवा गर्ने निर्णय समेत गरेको पनि जानकारी दिएका छन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit