Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

कोरोनाविरुद्ध लड्न पाकिस्तानद्वारा नेपाललाई सहायता रकम हस्तान्तरण

पाकिस्तान सरकारले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन चार करोड ४३ लाख रुपैयाँ सहयोग गरेको छ ।

 

नेपालका लागि पाकिस्तानका राजदूत सइद हैदर शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. खगराज बराललाई मंगलबार उक्त रकमको चेक हस्तान्तरण गरेको पाकिस्तानी राजदूतावासले जनाएको छ । 

 

‘नेपाललाई हस्तान्तरित उक्त रकम पाकिस्तान सरकारले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)कोभिड–१९ आपत्कालीन कोषमार्फत उपलब्ध गराउन गरेको प्रतिबद्धताअन्तर्गतको हो,’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

 

कोरोना महामारी  रोकथाम, नियन्त्रण र उपचारमा उदारतापूर्वक सहायता गरेकामा नेपाल सरकारका तर्फबाट सचिव बरालले पाकिस्तान सरकारप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

शिवपुरीमा मानार्थ महारथी नरवणेले सुनाए कार्यक्षेत्रको अनुभव, भने समय सापेक्ष नै सफलताको सुत्र

नेपालको तीनदिने औपचारिक भ्रमण पुरा गरेर शुक्रबार फर्किएका भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार नेपाली सैनिक कमान्ड तथा स्टाफ कलेज, शिवपुरीमा गई, त्यहाँ ता...

असार १६, २०७८