Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेपालमा लगानी गर्न पाकिस्तानका व्यवसायीलाई राजदूत अधिकारीको आग्रह

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गुजराँवाला चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिका पदाधिकारीसँग भेटघाट गरेका छन् । चेम्बरका अध्यक्ष अशरफ मुगलसँगको भेटघाटमा नेपाल र पाकिस्तानबीचको द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे छलफल भएको दूतावासले जनाएको छ । 

 

भेटमा राजदूत अधिकारीले नेपाल सरकारको नेपालमा लगानी नीति तथा नेपालमा प्राप्त लगानीको अवसरलाई उपयोग गर्न पनि व्यवसायीलाई आग्रह गरेका थिए । राजदूता अधिकारीले नेपाल भ्रमण गर्न र त्यहाँको सेवासत्कारबारे जानकारी लिन पनि उनीहरुलाई अनुरोध गरेका थिए । 

 

 

कार्यक्रममा चेम्बरका अध्यक्ष मुगल तथा अन्य व्यवसायीले गुजराँवालाको व्यावसायिक गतिविधिबारे प्रस्तुति दिएका थिए । उनीहरुले नेपाल भ्रमण र लगानी गर्नेबारे पनि प्रतिबद्धता व्यक्त गरेको दूतावासले जनाएको छ । 

 

गुजराँवाला पाकिस्तानको पञ्जाबस्थित गुजराँवाला डिभिजनको एउटा मुख्य सहर हो । यस सहरमा ५० लाख जनसंख्या छ । गुजराँवाला हाल पाकिस्तानको कराँची र फैजलावादापछिको तेस्रो सबैभन्दा ठूलो औद्योगिक सहर हो । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै