Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

आफ्नो कार्यकाल सम्झिँदै नेपालले देउवालाई भने– काबिल सहयोद्धा छान्नुस्

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार काबिल र रचनात्मक सहयोगी राख्न सुझाव दिएका छन् । विश्व बाघ दिवसको अवसरमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन् ।

 

‘प्रधानमन्त्री मात्रै पर्याप्त हुँदोरहेनछ । सहयोगी, सहयोद्धाहरु पनि त्यस्तै काविल चाहिन्छ । समर्पित चाहिन्छ । रचनात्मक चाहिन्छ,’ उनले भने ।

 

उनले नेपालले प्रकृति संरक्षणमा जोड दिनुपर्ने पनि बताए । उनले आफू प्रधानमन्त्री रहँदा सहयोद्धाहरु राम्रो भएकाले प्रकृति संरक्षणको सम्बन्धमा राम्रो काम गर्न सकेको भन्दै त्यसप्रति आफूलाई आनन्द र गौरवबोध हुने गरेको बताए ।

 

उनले बाघको रक्षामा सबैले ध्यान पु¥याउनुपर्ने बताए । प्रकृतिको संरक्षण भए मात्रै मानव जातिको संरक्षण हुने उनले बताए ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको बासस्थानलाई सुरक्षित गराउनतर्फ ध्यान दिनुपर्ने बताए । प्रधानमन्त्री देउवाले बाघको बासस्थानका लागि जंगल आवश्यक रहेको र जंगल जोगाउने तर्फ ध्यान दिनुपर्ने आवश्यकता औल्याएका हुन् । 

 

उनले बाघको वासस्थानको सुरक्षा गर्दै चोरी निकासी रोक्नुपर्ने बताए । प्रधानमन्त्री देउवाले बाघ र मानिसका विचमा समस्या रहेको भन्दै ती समस्याहरुको समाधानका उपाय निकाल्नु आवश्यक रहेको बताए । ‘बाघको लागि जंगल आवश्यक छ । जंगल र बाघ एक अर्काको लागि आवश्यक कुरा हुन् । बाघको बासस्थान सुरक्षित गर्न विशेष ध्यान दिनुपर्छ,’ उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै