Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

भक्तपुरमा बालिका बलात्कार अभियोगमा एक पक्राउ

महानगरीय प्रहरी परिसर भक्तपुरले १२ बर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा दोलखा बैतेश्वर गाउँपालिका– ४ घर भइ हाल भक्तपुर नगरपालिका–९ चोखा बस्ने ३२ वर्षीय बसन्त दमाई छन् ।

 

बालिकाकी आमाले महानगरीय प्रहरी बृत्त जगातीमा किटानी जाहेरी दिएपछि प्रहरीले दमाईलाई सोमबार पक्राउ गरी सार्वजानिक गरेको प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै