
-->
नेपाल प्रहरीले आफुहरु निर्वाचनको तयारीमा जुटेको स्पष्ट पारेको छ । उसले बैशाखमा दुई चरणमा निर्वाचन घोषणाभएसँगै गृहमन्त्रालय र गृहमन्त्री रामबहादुर थापाको निर्देशन अनुसार निर्वाचन सुरक्षा, यसका सम्भावित चुनौतीका साथै आवश्यक साधनस्रोतको व्यवस्थापनमा सक्रिय रहेको नेपाल प्रहरीले जनाएको हो ।
न्युज एजेन्सी नेपालसँगको सक्षिप्त कुराकानीमा नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी बषन्तबहादुर कुँवरले निर्वाचनसँगै देशभर भइरहेका राजनीतिक प्रर्दशनलाई शान्तिपूर्ण र मर्यादित बनाउन प्रहरीले हरसम्भव प्रयासगर्ने जानकारी दिए ।
उनले
काठमाडौं उपत्यका सहित देशभर भइरहेका र हुने राजनीतिक प्रर्दशनमा प्रहरीले मानवअधिकारको रक्षागर्दै भिड नियन्त्रण र प्रर्दशनलाई शान्तिपूर्ण बनाउने प्रयास गर्ने तथा गरिरहेको बताए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सरकार बिरुद्धको आन्दोललाई आवेग सहित आक्रमक बनाउन युवा विद्यार्थीलाई निर्देशन दिए सँगै काठमाण्डौ सुरक्षा ब्यबस्था खलबलिने आशंका गरिएको छ ।
अध्यक्ष दाहालले अहिले सम्मको आन्दोलनले सरकारलाई कुनै असर नगरे पछि सडकमा टाउको फुटाउने गरि आन्दोलन हुने र त्यसकोे नेतृत्व आफैले गर्ने अभिब्यक्ति दिए पछि सुरक्षा चुनौती थपिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit