Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

लोसपाको चुनावी घोषणापत्र सार्वजनिकः महिलालाई निःशुल्क शिक्षा दिने प्रतिबद्धता 

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ ।

 

शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा लोसपाले उक्त घोषणापत्र सार्वजनिक गरिएको हो । घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिवका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वकांक्षी योजना उल्लेख गरिएको छ ।  

 

त्यस्तै घोषणापत्रमा घरघरमा रोजगारी, प्राथमिक शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणको कामलाई तीव्रता दिने प्रतिवद्धता उल्लेख गरिएको पार्टीका अध्यक्ष ठाकुरले बताए ।  उनले सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर त्यहाँका जनजीवनको सुरक्षा गर्नुपर्ने कुरालाई पनि घोषणापत्रमा प्राथमिकता दिइएको स्पष्ट पारे । घोषणापत्रमा आर्थिक समानता र स्वतन्त्रता हुनुपर्ने पनि भनिएको छ । 

 


जनकपुरलाई अन्तराष्ट्रिय स्तरको प्रदेश राजधानी बनाउने, वीरगंजलाई नेपालको आर्थिक कारोबार र व्यापारको प्रमुख केन्द्र बनाउने, विराटनगर, भैरहवा र नेपालगञ्जलाई नेपालको आर्थिक विकासको मेरुदण्डको रुपमा विकास गर्ने, लुम्बिनीलाई बुद्ध धर्मावलम्बीको लागि अन्तर्राष्ट्रिय तीर्थस्थल र ध्यान केन्द्र बनाउनेसम्मका योजना घोषणापत्रमा समावेश छ ।

 


घोषणा पत्र सार्वजनिक कार्यक्रममा बोल्दै लोसपाका नेता राजेन्द्र महतोले निर्वाचनकै मजाक हुने गरी सत्तारुढ दलले चुनावी गठबन्धन गरेको आरोप लगाए । 
उनले सत्तारुढ दल चुनावमा जाँदा जनताले कुन पार्टी भनेर बुझ्ने? भनी प्रश्नसमेत गरे ।

 

देश र दुनियाँले नबुझ्ने गरी सत्तारुढ दलहरुले गठबन्धन बनाएर चुनावमा गएको नेता महतोको भनाइ थियो । उनले गठबन्धनको नाममा दलहरुलले जनतालाई मजाक बनाइरहेको उल्लेख गरे । 

 


महतोले दलीय प्रणालीमा दलहरु आफैं निर्वाचनमा जाने भएकाले आफ्नो पार्टीले गठबन्धन गरेर जाने विषयलाई महत्व नदिएको तर्क गरे । उनले स्थानीय तहमा आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गरेर जाने निर्णय गर्ने अधिकार स्थानीय पार्टीलाई दिइएको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

जनतासँग माफी माग्दै भोट माग्न जानुहोसः प्रधानमन्त्री ओली

संघिय संसदमा अविश्वासको प्रस्ताव सामना नगरी हठात्मा संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफु बाध्य भएर निर्णयमा पुगेको’ कथन स्थापित गर्न जोडबल लगाएका छन् । 

ब‌ैशाख १६, २०७९