Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

राष्ट्रसंघ प्रमुखको भ्रमणका क्रममा रुसी हमलामा एकजनाको मृत्यु

युक्रेनले शुक्रबार संयुक्त राष्ट्रसंघका प्रमुखको भ्रमणको क्रममा राजधानी कीभको केन्द्रमा रुसद्वारा गरिएको आक्रमणमा एक व्यक्तिको मृत्यु भएको  जनाएको छ।

 

“हिजो रकेट प्रहार भएको शेभचेन्किभ्स्की जिल्लाको आवासीय भवनको भग्नावशेष खोज्न र हटाउन जारी राखेका उद्धारकर्ताहरूले भर्खरै मात्र आक्रमणमा मारिएका एक व्यक्तिको अवशेष फेला पारेका छन्,“ कीभका मेयर भिटाली क्लिट्स्कोले सामाजिक सञ्जालमा एक विज्ञप्तिमार्फत जनाएका छन् ।

 

रुसले गत फेब्रुअरीयता निरन्तर आक्रमण गरिरहेको युक्रेनको अवस्था बुझ्न राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरस युक्रेन पुगेका हुन् । सो क्रममा उनले राष्ट्रसंघको सुरक्षा परिषदले युद्ध रोक्न आवश्यक कदम चाल्न नसकेको स्वीकार गरे । 

 


यसअघि गुटेरस रुस भ्रमणमा पनि गएका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै