Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

मेयरमा जिते ५ महिनाभित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउँछुः श्रेष्ठ

काठमाडौं महानगरपालिकाका राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट मेयरका उम्मेदवार मदनदास श्रेष्ठले आफू विजयी भए ६ महिनाभित्र काठमाडौंलाई फोहोरमुक्त सहर बनाउने बताएका छन् ।  शुक्रबार चुनावका लागि आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।

 

विगतका जनप्रतिनिधिले इमान्दार भएर काम गर्न नसकेकाले काठमाडौं महानगरपालिका फोहोरको डुंगुरमा परिणत भएको उनको आरोप छ । श्रेष्ठले आफू आएपछि सबै समस्या समाधान हुने दाबीसमेत गरे । 

 


वरिष्ठ कलाकार समेत रहेका उनले काठमाडौं महानगरपालिकावासीको मनोभावना र चाहनाअनुसार काम गर्न आफूले राप्रपाबाट मेयरको उम्मेदवारी दिएको उल्लेख गरे ।

 


श्रेष्ठले आफ्नो प्रतिवद्धता पत्रमा काठमाडौलाई भ्रष्टाचामुक्त बनाउने, सार्वजनिक यातायातामा ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क गर्ने, मठ, मन्दिर, पाटीपौवा, गुठीलगायतका धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने उल्लेख गरिएको बताए । 

 

 

त्यसैगरी प्रत्येक वडामा निःशुल्क स्वास्थ्य चौंकीको स्थापना गरेर नागरिकको स्वस्थ जीवनका लागि काम गर्ने योजना पनि प्रतिवद्धता पत्रका समावेश छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै