Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

प्रचण्डको भाइ हुँदा पार्टीबाट धेरै अवसर गुमाएको छु : नारायण दाहाल

राष्ट्रिय सभाका नवनियुक्त सदस्य नारायण दाहालले देशको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताको लागि आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्ने बताएका छन् । 

 

मंगलबार राष्ट्रिय सभाको सदस्यको रुपमा सपथ ग्रहण गरिसकेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सभा सदस्य दाहालले आफूले राष्ट्रिय सभाको अधिकार क्षेत्रभित्र रहेर देशको राष्ट्रियता, स्वाधीनता र राष्ट्रिय अखण्डताका लागि भूमिका खेल्ने बताएका हुन् । 

 

दाहालले अहिले पार्टीहरु र जनप्रतिनिधिहरुप्रति आम जनतामा वितृष्णा पैदा हुदै गएकाले आफ्नो व्यवहारबाट ती धारणाहरुलाई बदल्ने पनि बताए । उनले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरुलाई निष्कर्षमा पु¥याउनुपर्ने महत्वपूर्ण काम रहेको पनि बताए । 

 

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफू एकैदिन पार्टीमा पूर्णकालीन भएर हिँडेको बताए । आफू निरन्तर पार्टी काममा रहेको उल्लेख गर्दै उनले आफ्नो विरोध हुने गरेका कारण आफुले पार्टीबाट धेरै अवसरहरु गुमाउनु परेको बताए । 

 

‘म गर्वका साथ भन्छु हाम्रो परिवारमा अध्यक्षका छोराछोरीदेखि सबै, मेरो छोरा, बुहारी, बुढी सबै हामी युद्धमै थियौँ । दश वर्षको जनयुद्धमा हामी आफूलाई सम्पूर्ण रुपमा समर्पित भएर हिँडेकाहरुलाई अब अहिले आएर यो कुरा भन्ने कुरा त तुक त छैन । तैपनि यसलाई हामीले त्यही ढंगले सम्झाउने, बुझाउने गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

कर्णाली प्रदेशमा शाही भर्सेज कँडेल, तीनवर्षपछि विवाद ज्यूँका त्यूँ 

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही बिरुद्ध उनकै दलका प्रदेश सभा सदस्यले अविश्वासको प्रस्ताव ल्याएपछि केन्द्रमा राजनीतिक दौडधुप बढेको छ । 

चैत २९, २०७८