Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

श्रम क्षेत्रको व्यवस्थापनमा म गम्भीर छु : श्रममन्त्री श्रेष्ठ 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भीर भएर लागि परेको बताएका छन् ।

 

 

मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकहरुबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । नेकपा एकीकृत समाजवादी निकट निजामती कर्मचारी संगठनले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरुको समस्या समाधान हुनेगरी उनीहरुको सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि आफूले काम गरिरहेको पनि बताएका छन् । 

 

 

‘कर्मचारी समायोजनबाट उत्पन्न समस्यालाई सरकारले समाधान गर्नका लागि तपाईहरुसँग हातेमालो गर्नेछ । त्यस्तै संघीयतालाई प्रशासनिक रुपमा व्यवस्थापन गर्न सरकारले शिघ्र संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐनलगायत अस्थायी, करार, ज्यालादारी कर्मचारीको समस्यालाई सम्बोधन गर्न सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धताका लागि पनि मेरो तर्फबाट हाम्रो मन्त्रालय गम्भीर भएर लागि परेको छ । यसको नेतृत्वको पनि यो संगठनलाई लिन म आग्रह गर्न चाहन्छु । श्रम कानुनलाई समयानुकूल सुधार गरी सरकार, रोजगारदाता र ट्रेड युनियन श्रमिक बीचको सम्बन्ध सुमधुर बनाउने गरी मैले मन्त्रीको रुपमा नियुक्त भएदेखि नै लागि परेको छु । राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर गम्भीर भएर लागेको छु’ उनले भने ।

 

 

त्यस अवसरमा उनले कर्मचारीहरुको समायोजनपछि उत्पन्न समस्या समाधान गर्नेलगायतका काममा लागि सरकारले छिट्टै संघीय निजामती सेवा ऐन, प्रदेश निजामती सेवा ऐन र स्थानीय सेवा ऐन ल्याउन लागेको पनि बताएका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै