
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रवन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ ।
आज मन्त्रिपरिषद्का निर्णय सुनाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्ति गरेको पनि बताए ।
यस्तै सरकारले बुढीगण्डकी जलविद्युत आयोजना सम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५/६/५ को निर्णय खारेज गरेको छ ।
यस्ता छन् मन्त्रिपरिषद बैठकका अन्य निर्णयहरुः
अमलेगञ्ज सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
पश्चिम सेती कोरिडोर ४०० केबी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
लाठीनाथ ३३ केबी प्रशारण लाइन तथा सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने ।
श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोक्ने ।
काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन २०४५ को दफा २३ बमोजिम पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई तोक्ने ।
राजस्व न्यायधीकरण पोखराको कानून सदस्य एवं अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने ।
वैदेशिक रोजगार न्यायीकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्ने ।
भूकम्पबाट प्रभावित संरचनाको पुनः निर्माण सम्बन्धी ऐन २०७२ को दफा २६ को उपदफा २ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने ।
सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्नेगरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने ।
याक अनुवांशिक श्रोतकेन्द्र सोलुखुम्बुमा याक नाक चरणको लागि करिव १० रोपनी जग्गा प्राप्त गर्न स्वीकृत दिने ।
सुन्दरीजलस्थित सुरुङको प्रवेशद्वार नजिक उपयुक्त स्थानमा सन्त नेता एवं पूर्व प्रधानमन्त्री स्व. कृष्णप्रसाद भट्टराई (किसुनजी) को शालिक र शिलापत्र राख्न स्वीकृत प्रदान गर्ने ।
विभिन्न २० देशका लागि नेपाली राजदूत नियुक्तिका लागि सिफारिस गर्ने ।
समस्याग्रस्त सहकारी संस्था, वा संघको व्यवस्थापन समितिका अध्यक्षमा महाप्रशासकीय अदालतका पूर्व अध्यक्ष श्री काशिराज दाहाल र सदस्यमा केशवराज आचार्यलाई नियुक्ति तथा मनोनयन गर्ने ।
२०७९ साल वैशाख १७ देखि १८ गतेसम्म अमेरिकाको कोलोराडोमा आयोजना हुने रक्की माउण्टेन च्याम्पियनशीप २०२२ कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्रीको नेतृत्वको प्रतिनिधि मण्डललाई सहभागी हुन स्वीकृत प्रदान गर्ने ।
हिदी खोला जलविद्युत आयोजना इन्टेक, अडिट र पावरहाउस लगायतका भौतिक पूर्वाधारहरु निर्माण गर्न लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेको राष्ट्रिय वन ४.२८ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत प्रदान गर्ने ।
विदुषी योगमाया आयुर्वेदिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि सङ्खुवासभा खाँदबारी नगरपालिका वडा नम्बर ९ र भोजपुर जिल्ला षडानन्द गाउँपालिका वडा नम्बर ६ मा पर्ने जग्गा प्राप्त गरी उक्त जग्गामा विश्व विद्यालयको भवन तथा अन्य पूर्वाधार संरचना निर्माणका लागि निर्माणस्थल तोक्ने ।
रोजगार अनुमति प्रणाली इपीइस मार्फत नेपाली नागरिकलाई रोजगारीको लागि दक्षिण कोरिया पठाउने सम्बन्धी समझदारी पत्र नवीकरण गर्ने ।
दक्षिण अफ्रिकाको डार्बनमा १ देखि ६ जेठ २०७९ मा आयोजना हुने फिट ग्लोवल कन्फ्रेन्स अफ इलिमिनेशन अफ चाइल्ड लेभर सम्मेलनमा माननीय ।म, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीयको नेतृत्वमा प्रतिनिधि मण्डललाई भाग लिन स्वीकृत प्रदान गर्ने ।
नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्य पदमा रञ्जनकृष्ण अर्याल काठमाडौं र प्रा. भगवानदास मानन्धर काठमाडौंलाई मनोनयन गर्ने ।
ज्योष्ठ नागरिकहरुलाई विशिष्ठ प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहित एक जेष्ठ नागरिक अस्पताल स्थापना गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit