Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

ओलीले लिपुलेक र कालापानी समेटिएको पुस्तकमा रोक लगाए : पोखरेल 

सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)का नेता गिरिराजमणि पोखरेलले लिपुलेक, कालापानीको नक्सा समेटिएको पुस्तक सार्वजनिक गर्न तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रोक लगाएको बताएका छन् । 

 


तत्कालीन शिक्षामन्त्री समेत रहनु भएका नेता पोखरेलले सरकारको नीति तथा कार्यक्रमबारे संसदमा ओलीले राष्ट्रियताका कुरा गर पनि आफू प्रधानमन्त्री रहेकै बेला शनिबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उपोखरेलले यसैकारण ओली पनि राष्ट्रियताको सवालमा कठघरामै रहनु भएको तर्क गरे । 

 


उनले राष्ट्रिय र प्रजातन्त्रलाई कूटनीतिक दाउपेचको विषय नबनाउन पनि ओलीलाई सचेत गराए । सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको सवाललाई छोडेको भन्दै नेता पोखरेलले असन्तुष्टि समेत व्यक्त गरे । 

 


नेता पोखरेलले मुलुकलाई दिगो विकाससहित समृद्ध बनाउने र त्यसका लागि आवश्यक जनशक्ति प्रक्षेपण गर्ने काम पनि नीति तथा कार्यक्रममा नआएको उल्लेख गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै