Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

स्वास्थ्य राज्यमन्त्रीलाई हटाउन डा. केसीको माग, नहटाए सत्याग्रहको चेतावनी

स्वास्थ्य क्षेत्र सुधार अभियन्ता डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने माग गरेका छन् । योसहित पाँच बुँदे मागहरु अघि सार्दै उनले माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् । 

 

स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्य मन्त्री नियुक्त गरिएको उनको भनाइ छ । 

 

‘हप्तौंसम्म स्वास्थ्यमन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डो¥याउने प्रयास गरेको छ । महामारीको यस्तो जटिल मोडमा कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प छैन,’ केसीको मागपत्रमा उल्लेख छ ।

 

यस्तै, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शीर्ष चार पदाधिकारीलाई पदमुक्त गर्नलगायत माग पनि उनले राखेका छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै