Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

अब विदेशमा बस्नेलाई पनि आईपीओमा कोटा 

अब विदेशमा बस्ने मानिसहरुले पनि साधारण सेयर (आईपीओ)मा कोटा पाउने भएका छन् ।

 

शुक्रबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको पुँजी बजार सम्मेलनमा बोल्दै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गर्ने बताएका हुन् ।

 

उनले श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिन कार्यविधि बनिरहेकाले मन्त्रीपरिषद्बाट पास हुने बित्तिकै लागू गरिने बताए ।

 


कार्कीले नेपाली पूँजी बजारको विकास र विस्तारका लागि नेप्से सकारात्मक रहेकाले आवश्यकता अनुसार नीतिगत सुधारका प्रयास भइरहेको बताए । बजारप्रति सर्वसाधारण तथा युवा वर्गको चासो बढ्दै गएकाले नेप्सेलाई प्रविधिमैत्री बनाउने विषयमा नेप्से लागिरहेको बताए ।

 

शेयर बजारलाई परिपक्व बनाउन शेयर बजार र लगानीकर्ता आफूले किन्ने कम्पनीको बारेमा पूर्ण जानकार हुनुपर्ने उनको भनाइ छ । उनले साना तथा मझौला कम्पनीलाई नेप्सेले एसएमई इन्डेक्स प्लाटफर्म निर्माण गर्ने बताए । 

 


कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले पुँजी बजार देशको अर्थतन्त्रको ऐन बन्न सक्नुपर्ने बताए । उनले शेयर बजार पछिल्लो समय उतारचढाव आएकाले बजारमा सबै क्षेत्रको परिपक्व पुँजी लगानीको आवश्यकता रहेको बताए । मिश्रले बजारमा ‘टेक्नोलोजिकल मचुरिटी, पोलिसी मचुरिटी, ट्रान्जेक्सनवाइन मचुरिटी, इथिकल मचुरिटी’ आउनु पर्ने बताए ।

 

उनले पोलिसी मचुरिटीमा राष्ट्र बैंकको पनि भूमिका हुने बताए । बजार परिपक्व नभए पुँजी बजार माथि जान नसक्ने धारणा उनले बताए। उनले पछिल्लो समय ४२ खर्बको पुँजीकरणबाट ३३ खर्बको पुँजीकरणमा झर्नु राम्रो नभएको बताए ।  

प्रतिक्रिया

सम्बन्धित समाचार सबै