Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

कागेश्वरी मनोहरामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाण्डौको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । 

 

 

कागेश्वरी मनोहरा नगरपालिका–८ शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको चालकको उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यलय काठमाण्डौले जनाएको छ । सिन्धुपालल्चोक बाह्रबिसे घर भई काठमाण्डौ थली बस्ने २७ वर्षीय राजमान तामाङको आज बिहान मृत्यु भएको हो । 

 

 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै