Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

राष्ट्रिय आविष्कार केन्द्रलाई इजरायली सरकारकाे सहयोग

इजरायली सरकारले महावीर पुनले सञ्चालन गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई उच्च प्रविधिको ल्याब सहयोग गरेको छ । 

 

 

बिहीवार आविष्कार केन्द्रमा पुगेर नेपालका लागि इजरायली राजदूत हनान गोडेरले आविष्कार केन्द्रका प्रमुख महावीर पुनलाई ल्याब हस्तान्तरण गरेका हुन् । 

 

 

ल्याबमा बसेर विश्वका विभिन्न देशका विज्ञ तथा वैज्ञानिकहरुसँग पछिल्लो समय विज्ञान र प्रविधिको क्षेत्रमा भएको प्रगतिहरुको सम्बन्धमा छलफल गर्न सकिने जनाइएको छ । 

 

‘हाईटेक क्लास रुम’ को नाम दिइएको ल्याबमा बसेर एक अर्काको ज्ञान तथा सीप आदान प्रदान गर्न सकिने आविष्कार केन्द्रका प्रमुख महावीर पुनले बताए । सो ल्याबलाई विश्वमा छिटोभन्दा छिटो विकास भइरहेको प्रविधिहरुका बारेमा सर्वसाधारणलाई जानकारी दिनका लागि प्रयोग गरिने उनले जानकारी दिए । 

 

 

हस्तान्तरण कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हनान गोडेरले मानिसहरुको जीवन पद्धतीलाई परिवर्तन गर्न विज्ञान र प्रविधीमा भएका परिवर्तनहरुको अध्ययन आवश्यक रहेको बताए । इजरायलले नेपालमा प्रविधिसहितको ल्याबको लागि सहकार्य गर्न पाएकोमा उनले खुशी व्यक्त गरे ।

 

 

सो ल्याब २० जनाको क्षमता रहेको आविष्कार केन्द्रले जनाएको छ । हाल ३० लाख रुपैयाँ बराबरको प्रविधि राखिएको र लागत अझै बढ्ने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै