Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ललितपुरको सगरमाथा अक्सिजन ग्यास प्लान्टमा कसरी भयो विस्फोट ?

सगरमाथा अक्सिजन ग्यास प्लान्टमा बिस्फोट हुँदा २ जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन् । 

 

बिहीबार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रस्थित बिहान १०ः०५ बजे सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइै पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको थियो । एक गम्भीर घाइते र अन्य ६ जना घाइते भएका थिए । 

 

मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले बताए । मृतक महतो भारतको पश्चिम चम्मापर जिल्लाको रतनपुरुवा गाउँका बासिन्दा हुन् । भारत घर भएकै गम्भीर घाइते राजकुमार महतोको पनि उपचारको क्रममा मृत्यु भएको शाहले जनाए ।

 

राजकुमारको बिएण्डबी अस्पतालमा उपचार भइरहेको थियो । अन्य घाइते पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् । अन्य घाइतेमा पर्सा घर भएका रमेश अधिकारी, ललितपुरकी दुर्गा पुरी, सुदीप तिमिल्सेना, ईश्वर बजगाईं, ओखलढुंगाकी अन्जना पौडेल, काठमाडौंका गंगाराज शर्मा छन् ।  

 

अहिले घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले सुरुवाती अनुसन्धान गरिरहेको र सुरुवाती अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताए ।

 

‘अक्सिजन रिफिलको काममा बिस्फोट भएको देखिन्छ । घरहरुमा क्षति भएको छ, सिसा फुटेको छ । मृतकका पार्टहरु धेरै टाढा टाढासम्म पुगेको छ, यो टेक्निीकल्ली कारण हो । अब अनुसन्धानपछि सबै थाहा हुन्छ । विस्फोट भएका कारण घटना भएको हो । आगलागी भएको छैन । क्षति अहिले नै यकिन गर्न सकिँदैन । कति भयो अनुसन्धानपछि थाहा हुन्छ । रिफिलिङगको क्रममा टेक्निकल्ली मिस्टेक भएर बिस्फोट भयो प्लान्टमा नै क्षति पुगेको छ । छिमेकको घरहरुमा पनि सिसा फुटेको छ,’ उनले भने ।

 

त्यस्तै दुर्घटनास्थलको निरीक्षणका लागि पुगेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताए । उनले अन्य घाइतेलाई सरकारले उपचार गर्ने पनि प्रतिबद्धता जनाए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

संसदको हिँउदे अधिवेशन पुस १८ मा बोलाउने तयारी 

१४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता अनुसार पुष १८ गते भित्र संसद अधिवेशन आव्हान हुने बताएका ह...

ब‌ैशाख ८, २०७९