Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

महोत्तरीबाट स्रोत नखुलेको ५५ लाखसहित दुई युवक पक्राउ

महोत्तरीको औरही नगरपालिका–१ बाट प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । 

 

महोत्तरी प्रहरीले आज बर्दिबास–जलेश्वर सडक खण्डमा ज ९ प ८२४७ नं. को मोटरसाइकलाई जाँच गर्ने क्रममा स्रोत नखुलेको ५५ लाख रुपैयाँ बरामद गरेको हो । 

 

महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले रकमसहित औरही–२ का २१ वर्षीय धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी पक्राउ परेको बताए । यादवले काँधमा भिरेको कालो रंगको कपडाको झोलाभित्र लुकाईछिपाई ल्याएको रकम भेटिएको हो । 

 

उनीहरुलाई थप अनुसन्धानका लागि भन्सार कार्यालय जलेश्वरमा पठाइएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै