Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

६ देशमा जगदम्बा स्टिल्सका सुपर शाइन र ग्याल्भा प्लस निर्यात सुरु

जगदम्बा स्टिल्सले आफ्ना उत्पादन तेस्रो देश निर्यात गर्न थालेको छ । कम्पनीले पहिलो पटक स्टिल ६ वटा देशमा निर्यात सुरु गरेका हो ।

 

कम्पनीले हाल उत्पादनहरु जगदम्बा सुपर शाइन र ग्याल्भा प्लस रोमानिया, यूएई, दक्षिण अफ्रिका, उत्तर अमेरिका, इटाली र म्यानमारमा निर्यात सुरु गरेको जनाएको छ । ती देशहरुमा कम्पनीका उत्पादनको उच्च माग रहेको जनाइएको छ ।

 

जगदम्बा स्टिल्सले केही समय अगाडिमात्रै ‘सीआर सिट एंड कोइल्सहरु दक्षिण पूर्वी, मध्य पूर्वी एसियाली देशहरु तथा दक्षिण अफ्रिकामा निर्यातको थालनी गरेको थियो । 

 

कम्पनीले ग्याल्भा प्लसमा एन्टी कोरोजन प्रविधिसहित निर्माण गरिएको भन्दै खिया नलाग्ने, पाताको प्रारम्भिक क्षति रोक्ने र लामो समयसम्म टिकाउ हुने जनाएको छ । ग्याल्भामा एल्युमिनियम जिंक कोटिङ गरिएका कारण भारी वर्षा, उच्च आद्रता, चिसो वा हिउँ पर्ने ठाउँ वा तातो क्षेत्र जुनसुकै प्रकारको मौसम सामना गर्ने क्षमता रहेको छ ।

 

साथै, सामान्य उत्पादनले गर्मीमा धेरै गर्मी र चिसोमा धेरै चिसो तापक्रम दिने गर्छ तर, नयाँ उत्पादनले उक्त ताप नियन्त्रण पनि कम्पनीले जनाएको छ । कम्पनीका अनुसार जगदम्बा ग्याल्भा प्लसमा अलोय कोटिङ गरिएको छ । जसमा तौलको हिसाबले ५५ प्रतिशत एल्मुमिनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन मिश्रित गरिएको छ ।

 

कम्पनीले अन्य उत्पादनको तुलनामा जगदम्बा ग्याल्भा १० गुण बढी टिकाउ रहेको दाबी गरेको छ । टिकाउपन बढे पनि मूल्यमा भने परिवर्तन हुनेछैन । 

 

जगदम्बा ग्याल्भा प्लस नेपालको पहिलो स्वचालित अत्याधुनिक ग्याल्भल्युम लाइन प्रक्रियाबाट उत्पादित पहिलो एल्युमिनियम–जिंककोटिङ भएको उत्पादन हो । जगदम्बा ग्याल्भा प्लस पाताको उत्पादनमा नवीनतम विश्वप्रख्यात प्रविधि र सर्वोत्कृष्ट उपकरणको प्रयोग भएको कम्पनीले जनाएको छ, जसले घरको लागि उच्चतम सुरक्षा, दीर्घायु र आकर्षक स्वरुप सुनिश्चित गर्छ ।

 

यस्तै जगदम्बा सुपर शाइन प्रिमियर रंगद्वारा कोटिङ गरिएका पाताहरुले उत्कृष्ट रंग प्रविधि प्रयोग गरिएको छ । जसले पेन्ट फुट्न र चर्किनबाट रोक्ने कम्पनीले दाबी गरेको छ । कम्पनीले हाल एक लाख ३२ हजार टन ग्याल्भा प्लस र एक लाख १० हजार टन सुपर शाइन उत्पादन गर्दै आएको छ । नेपालमा दुवै उत्पादन गरेर दुई लाख ५० हजार मेट्रिक टन खरिद गरिरहेको कम्पनीले जनाएको छ ।

 

उद्योगको कुल उत्पादन क्षमताको ४० प्रतिशत उत्पादन निर्यात गर्ने गरी काम गरिरहेको जनाएको छ । वार्षिक ठूलो व्यापार घाटा खेपिरहेको नेपालका लागि स्टिलजन्य वस्तु निर्यात खुसीको कुरा भएको जगदम्बा ग्रुपले जनाएको छ ।

 

शंकर ग्रुप अन्तर्गत जगदम्बा स्टिल्स नेपालको सबैभन्दा ठूलो फलामे छड उत्पादक कम्पनी हो । सो कम्पनीले वार्षिक रुपमा ३ हजार मेट्रिक टन फलामे छड उत्पादन गर्दै आएको छ । जगदम्बा स्टिल रोलिङ प्रविधिबाट टीएमटी बार उत्पादन गर्ने नेपालको पहिलो कम्पनी हो ।

 

जगदम्बा स्टील्सले हालै नेपाली बजारमा ग्याल्भा प्लस र सुपर शाइन प्रस्तुत गरेको हो । कम्पनीले केही समयअघि मात्र सिमरास्थित अत्याधुनिक नयाँ प्लान्टको स्थापना गरी उत्पादन सुरु गरेको थियो । हाल जगदम्बा स्टील्सले प्रतिवर्ष एक लाख ३२ हजार टन ग्याल्भा प्लस र प्रतिवर्ष एक लाख दस हजार टन सुपर शाइन उत्पादन गर्दै आएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै