Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

‘ओलीले संसदमा सत्ताबाट बाहिरिँदाको कुण्ठा पोखे’

नेपाली काङग्रेसका सांसद मीनबहादुर विश्वकर्माले पूर्वपधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले संसदमा गरेको भाषण सत्ताबाट बाहिरिँदाको कुण्ठा भएको बताएका छन् । 

 


प्रतिनिधि सभामा पूर्वप्रधानमन्त्री ओलीको सम्बोधनपछि सञ्चारकर्मीसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

 

 

उनले सरकारको नीति तथा कार्यक्रमका विषयमा भन्दा पनि अदालतको आदेशका विषय आफ्ना कार्यकतासँग बसेर गफ दिएको जस्तो भएको टिप्पणी गरे । विश्वकर्माले ओलीले हुँदै नभएका कुरालाई उखान टुक्कासँग जोडेर गफ र कुण्ठा पोखेको बताए । 

 


सांसद् विश्वकर्माले पूर्वपधानमन्त्री ओलीको भाषण प्रमुख प्रतिपक्ष दलले सरकारको नीति तथा कार्यक्रम प्रतिको टिप्पणीका रुपमा सरकारले लिने बताए ।   

प्रतिक्रिया

सम्बन्धित समाचार सबै