
नेपाली सेनाले कंचनजंघा तथा मनास्लु हिमाल सफाइबाट ४ हजार ३४० किलो फोहोर संकलन गरेको छ ।
सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्य अनुरुप सञ्चालन गरेको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कंचनजंघा हिमालबाटठ ३ हजार १७ किलो फोहोर संकलन गरेको हो ।
सेनाले उक्त फोहोर फक्ताङलुङ गाउँपालिकालाई हस्तान्तरण गरेको छ । त्यस्तै यो क्रममा फेला परेको पहिचान खुल्न नसकेको दुईवटा मानव अस्थिपञ्जर कानुनी प्रक्रियाको लागि जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ ।
त्यस्तै मनास्लु हिमाल सफाइबाट निस्किएको १ हजार ३२३ किलो फोहोर पनि बिहीबार नै धार्चे गाउँपालिकालाई हस्तान्तरण गरिएको सेनाले बताएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit