Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

विमान दुर्घटनामा ज्यान गुमाएकाको शव परिवारलाई हस्तान्तरण

तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाको शव मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । 

 

आइतबार पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो । 

 

 

निधन हुनेहरुको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरेर मृतकको परिवारलाई बिहीबार हस्तान्तरण गरिएको हो ।

 

 

दुर्घटनामा परेको जहाज सोमबार बिहान फेला परेको थियो भने सोमबार र मंगलबार गरी दुई चरणमा शवहरुलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै