Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

हवाई सुरक्षामा नेपालको प्रगति, हट्ला त आइकाओको कालोसूचीबाट ?

नेपालको अन्तर्राष्ट्रिय हवाई सुरक्षाको (एयर सेफ्टि) अडिटमा नेपालले प्रगति गरेको छ । 

 

सोमबार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले अप्रिल १३ देखि २५ तारिकसम्म गरेको बृहत् अध्ययन तथा मूल्यांकन (अडिट)ले दिने नम्बरमा नेपालले प्रगति गरेको बताएको हो । 

 

प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले दिने नम्बरमा प्रगति भएर ७०.१ प्रतिशत पुगेको बताए । उनले यस अगाडि गरिएको अडिटले नेपालले ६६.०२ प्रतिशत नम्बर पाएमा यो वर्ष २०२२ मा गरिएको अडिटले ३.४३ प्रतिशतले बढेर ७०.१ पतिशत पुगेको बताए ।

 

महानिर्देशक अधिकारीले हवाई सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्यांकन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्कोर बढाएको बताए । उनले आइकाओको अडिटले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश विश्वभर पुगेको जनाए ।

 

आइकाओको अडिट अनुसार अहिलेसम्म एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७.२ प्रतिशत रहेकोमा नेपालले यी दुवै औसत दरमा माथि रही परिपालना दर ७०.१ प्रतिशत कायम गर्न सफल भएको छ । नेपालले हवाई सुरक्षामा प्रगति गरे पनि विगत लामो समयदेखि युरोपियन युनियन (ईयू) ले नेपालको उड्डयनलाई अझै कालोसूचीबाट हटाएको छैन । 

 

२०७० मंसिरदेखि ईयूले नेपाली जहाजलाई युरोपको आकाशमा प्रतिबन्ध लगाएको छ । नेपालको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको थियो । आइकाओको अडिटमा नेपालको अन्तर्राष्ट्रिय हवाई  सुरक्षा  (एयर सेफ्टि) अडिटमा नेपालले प्रगति देखाएपछि कालोसूचीबाट हट्ने सम्भावना देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै