Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

कांग्रेस एमालेसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुग्योः पोखरेल 

नेकपा (एमाले)मा महासचिव शंकर पोखरेलले सत्तारुढ नेपाली कांग्रेस आफ्नो पार्टीसँग चुनावी प्रतिस्पर्धा गर्न नसक्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।

 

मंगलबार एमाले सम्पर्क समन्वय कमिटीको कार्यक्रममा बोल्दै पोखरेलले यस्तो दाबी गरेका हुन् । स्थानीय निर्वाचनमा कांग्रेससहितका सत्तारुढ दलले आफ्नो पार्टीसँग एक्लै चुनाव लड्ने आँट गर्न नसकेको उनको भनाइ छ । 

 

सत्तारुढ दलले एमालेसँग चुनाव हार्ने डरले गठबन्धन गरेको पोखरेलले बताए । उनले एमाले मुलुकको सबैभन्दा ठूलो शक्तिको रुपमा स्थापित भइसकेको जिकिर गरे । उनले सत्तारुढ दलले स्थानीय तह निर्वाचनमा उम्मेदवारी मनोनयन गर्दा नै निराशा प्रदर्शन गरेको बताए । 

 

महासचिव पोखरेलले नेपालको राजनीतिक इतिहासमा सबैभन्दा बढी विधि र प्रक्रिया उलंघन गर्ने नेताको रुपमा माधवकुमार नेपाल रहेको टिप्पणी समेत गरे ।

 

एमालेमा छँदा एक व्यक्ति, एक पदको नारा दिने माधव नेपालले अहिले पार्टीको अध्यक्ष र संसदीय दल दुवै लिएर त्यसको धज्जी उडाएको पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै