
काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी मनोनयन दर्ता गराएकी सिर्जना सिंहलाई प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले जितको लागि अग्रिम शुभकामना दिएकी छिन् ।
स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवारी दिएकी सिंहलाई राणाले जितको लागि अग्रिम शुभकामना दिएकी हुन् ।
मंगलबार काठमाडौंमा आयोजित महिला भेटघाट कार्यक्रममा राणाले राणाले महिला नेतृत्वबाट नै अब महानगरको मुहार फेर्न सकिने बताइन् । कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले अब महिलाबाटै विकास सम्भव रहेको बताइन् ।
उनले काठमाडौं महानगरको नेतृत्वको लागि सिंहले दिएको उम्मेदवारीबाट हरेक काठमाडौंवासी महिला खुशी भएको र अब महिलाका समस्या समाधान हुनेमा विश्वस्त भएको बताइन् ।
काठमाडौंका सबै वडाका महिलाले मंगलबार एक कार्यक्रम आयोजना गरी महानगरको नेतृत्वका लागि उम्मदेवारी दिएकी सिंहलाई अग्रिम जितको शुभकामना प्रकट गरेका हुन् । मेयरकी उम्मेदवार सिंह नेता प्रकाशमान सिंहकी पत्नी हुन् ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit