
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका वरिष्ठ पत्रकार नारायण न्यौपानेलाई नेपाली पत्रकारको अन्तराष्ट्रिय संस्था इन्जाले एक लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।
इन्जा एसियाका उपाध्यक्षसमेत रहेका वरिष्ठ पत्रकार न्यौपाने लामो समयदेखि राष्ट्रिय समाचार समिति (रासस)मा उपप्रमुख समाचादाताको रुपमा कार्यरत छन् । इन्जा ग्लोबलका सचिव दीपक रिजालले न्यौपानेलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
नेपाली पत्रकारको अन्तराष्ट्रिय संस्था इन्जाले विपतमा परेका पत्रकारहरुलाई निरन्तर सहयोग गर्दै आएको इन्जा ग्लोबलका अध्यक्ष गुणराज लुइँटेलले बताए । अध्यक्ष लुइँटेलले न्यौपानेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् ।
रकम हस्तान्तरणपछि पत्रकार न्यौपानेले इन्जाले आफूलाई सहयोग गरेको धन्यवाद व्यक्त गरेका थिए । पत्रकार न्यौपाने अझै केहीदिन अस्पतालमा नै रहनुपर्ने अस्पताल प्रशासनले जानकारी दिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit