
काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७३ औं गणतन्त्र दिवस मनाइएको छ । नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेसँगै कार्यक्रमको शुभारम्भ भएको थियो ।
त्यसपछि उनले भारतका माननीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए । भारतीय राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेरु ६.३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरे ।
सो अवसरमा राजदूत क्वात्राले नेपालको प्रगति, समृद्धि र विकासमा भारतको सहकार्य रहिरहने बताए । राजदूत क्वात्राले शुभकामना सन्देशमा नेपालको प्रगति, समृद्धि र विकासका साथै द्विपक्षीय सम्बन्धको विकासमा भारतले बलियो आधार प्रदान गरेको बताए ।
‘सन् २०२१ मा भएका केही उच्चस्तरीय राजनीतिक भेटघाटले भारत–नेपाल साझेदारीलाई महत्वपूर्ण गति प्रदान गरेको छ,’ उनले भने ।
दूतावासका अनुसार यस वर्ष नेपालका प्रदेश तथा जिल्लामा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना छ । नेपालभरिका विभिन्न संस्था तथा स्थानीय निकायलाई दूतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरुप प्रदान गर्नेछ ।
tadalafil 20mg drug - order tadalafil 20mg online cheap where to buy cialis
डेपरेजले ईयुले नेपालमा जलवायु परिवर्तन र अन्य क्षेत्रहरुमा थप सहयोग पुर्याउन चाहेको स्मरण गराइन । उनले विगतदेखि हुँदै आएको सहयोग निरन्तरता दिने प्रतिवद्धता समेत ब्यक्त...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
tadalafil 20mg drug - order tadalafil 20mg online cheap where to buy cialis