Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

युरोपियन युनियन जलवायु परिर्वतनका क्षेत्रमा नेपाललाई सहयोग गर्न चाहन्छः प्रमुख डेपरेज

प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपालका लागि युरोपियन युनियन प्रतिनिधी मण्डलकी प्रमुख नोना डेपरेजसँगको भेटमा सहयोग र सहकार्यका दायराहरु अझै फराकिलो हुने आशा ब्यक्त गरेका छन् । 

नेपालका लागि ईयू प्रतिनिधिमण्डलकी प्रमुख नोना डेपरेजले मंगलबार  प्रधानमन्त्री ओलीसँग उनको सरकारी निवास बालुवाटारमा भृटवार्ता गरेकी हुन् । प्रधानमन्त्री ओलीले डिपरेजको कार्यकालमा नेपाल र युरोपियन युनियनबिचको सम्बन्ध अझै  सुदृढ हुने आशा व्यक्त गरे।

प्रधानमन्त्री ओलीले कोभिड–१९ बिरुद्धको कारवाहीमा ईयुको सहयोगका लागि धन्यबाद समेत दिए । 

डेपरेजले  ईयुले नेपालमा जलवायु परिवर्तन र अन्य क्षेत्रहरुमा थप सहयोग पु‍र्याउन चाहेको स्मरण गराइन । उनले विगतदेखि हुँदै आएको सहयोग निरन्तरता दिने प्रतिवद्धता समेत ब्यक्त गरिन ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै