Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

पाकिस्तानको सुक्कर चेम्बरका व्यवसायीलाई नेपालमा लगानी गर्न राजदूत अधिकारीको आग्रह

पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले सुक्कर उद्योग वाणिज्य संघका अध्यक्ष आमिर अली खान घौरी र सदस्यहरुसँग भेटवार्ता गरेका छन् ।

 

सो अवसरमा राजदूत अधिकारीले नेपाल–पाकिस्तान द्विपक्षीय सम्बन्ध र आर्थिक सम्भावनाबारे धारणा राखेका थिए । उनले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउनका लागि व्यापारका अवसर खोज्न नेपाल भ्रमणको निम्तो पनि दिए । 

 

नेपाल सांस्कृतिक र हिमाली पर्यटनको केन्द्र भएको र दक्षिण एसियामा उत्कृष्ट आतिथ्य रहेको भन्दै राजदूत अधिकारीले व्यवसायदेखि परिवार साथीभाइसँग पर्यटनका लागि पनि निमन्त्रणा दिए । 

 

राजदूत अधिकारीले नेपाल र सिन्धको आध्यात्मिक सम्बन्ध रहेकामा जोड दिँदै नेपालका एक भिक्षुले सुक्करमा तीर्थस्थल स्थापना गरेको बताए । कार्यक्रममा घौरी र अन्य सदस्यहरुले सुक्कर क्षेत्रको व्यावसायिक गतिविधिहरु प्रस्तुत गरेका थिए । 

 

उनीहरुले चेम्बरले नेपाल भ्रमण गरी नेपालमा व्यापारको अवसरबारे जानकारी लिने जनाए । सन् १९६२ मा स्थापना भएको सुक्कर चेम्बर सबैभन्दा पुरानो मध्ये एक हो । सुक्कर क्षेत्र कृषि उत्पादन, सुक्खा फल, मसला र सम्बन्धित उद्योगको लागि प्रसिद्ध छ । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै