
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको सार्वभौमिकताको भारतले सम्मान गर्नुपर्ने बताएका छन् ।
सोमवार नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रेद्धारा लिखित पुस्तक ‘काठमाण्डू डिलेमा: रिसेटिङ इन्डिया–नेपाल टाइज’को सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल हालसम्म स्वतन्त्र राष्ट्रको रुपमा रहेको उल्लेख गर्दै नेपालको स्वतन्त्रता र सार्वभौमिकताको भारत सरकारले सम्मान गर्नुपर्ने बताएका हुन् ।
उनले भारतीय प्रधानमन्त्रीले संविधानसभामा आएर नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दा नेपालका सांसदहरुले तालि बजाएको कुरालाई स्मरण गर्दै नेपाल स्वतन्त्र राष्ट्र हो भन्दा तालि बजाउनेहरुलाई तालि बजाइरहने बनाउन पनि आग्रह गरे ।
नेपाल भारत सीमा समस्या रहेको उल्लेख गर्दै उनले यो समस्यालाई सम्वादको माध्यमबाट समाधान गर्न सकिने तर्क गरे ।
उनले भने, ‘मोदिजीले जसरी आएर संविधानसभामा बोल्नुभयो, जतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले नेपाल स्वतन्त्र सार्वभौमसत्ता सम्पन्न राष्ट्र हो भन्दाखेरी तालि । यसो हेर्दा त तालि लगाउनुपर्ने कुरा त होइन । सार्वभौमसत्ता सम्पन्न नेपाली राष्ट्र हो नि । उहिले नि थियो । अहिले नि छ भोली नि हुन्छ । तर हामीले तालि लगाइयो त्यहाँ । बडो उत्तेजित भइयो खुशी भइयो । यो कुराको हिसाबचाहीँ अलि राम्रोसँग भारतले गर्नुपर्छ भन्ने लाग्छ मलाई । भारतिय नेतृत्वले, भारतिय बुद्धिजिवीहरुले । नेपालीहरु बुद्ध नेपालमा जन्मेका हुन् भन्दा खुशी हुन्छन् । जन्मिएकै हुन् नि त्यत्रो ठुलो उत्पात त हुनुपर्ने कुरो होइन । तर नेपालमै जन्मिएका हुन् भन्दामात्रै बल्ल खुशी भइन्छ । कसैले अर्को कुनै भाषा प्रयोग गर्यो बुद्धले बुद्धत्व प्राप्त गरेको त भारतमा हो नि भन्यो भने त्यति मिठो लाग्दैन । जन्मिएको त नेपालमै हो नि भन्न मन लाग्छ । प्राप्त गरेको त भारतमै हो नि हुन त । तथ्य त त्यो पनि हो । यो मनोविज्ञानको विश्लेषण हामी दुवैले र मुख्यत्ः भारतले नै गर्नुपर्छ भन्ने ठान्छु म । मोदीले तिमीहरु स्वतन्त्र हौँ भन्दा तालि बजाउनेहरुलाई त तालि बजाको बजाई गर्ने बनाइदिनुप¥यो नि । सधैँ तालि बजाउने बनाइदिनुप¥यो । ठुलो राष्ट्रको जमिन पनि धेरै छ । जनसंख्या पनि धेरै छ । ठुलो राष्ट्रले सानो राष्ट्रलाई थोरै थोरै जमिन सानोको उतापट्टी पस्यो भनेपनि खासै फरक पर्दैन । सानो ठुलोकोमा पस्यो भने त हालत खराब हुन्छ नि सानोको त । यो सेन्सिटिभिटीलाई पनि भारतिय नेतृत्वले, भारतिय बुद्धिजिवीहरुले गहिरोगरी समिक्षा गर्नुपर्दछ भन्ने मलाई लाग्छ । सिमानाका जे जे हामीले पहिलेदेखि भनेका छौँ समस्याहरु छन् । ति सम्वादको तरीकाद्धारा उदार मन लिएर समाधान गर्न नसकिने कुरा छैनन् । हामी मिल्नुको विकल्प छैन । इतिहासले, भुगोलले, संस्कृतिले, अर्थतन्त्रले, जनता जनताको सम्बन्धले । हामीहरु मिलेर एक अर्काको कन्सर्नहरुलाई ध्यान दिएर सकारात्मक र रचनात्मक ढंगले समाधान गर्दै अगाडी जानुपर्छ ।’
उनले नेपालको राष्ट्रिय स्वार्थमा भारतले बाधा नपु¥याएमा भारतसँग मित्रता हुने पनि बताए । नेपाल र भारतले एक अर्काको राष्ट्रिय स्वार्थमा बाधा नपु¥याई सहयोग गर्ने प्रक्रियाको सुरुवात गरेमा दुई देश बिचको सम्बन्ध सुदृढ हुने उल्लेख गरे ।
उनले भने, ‘यदी नेपालको नेशनल इन्ट्रेष्टमा भारतले बाधा होइन, सहयोग पु¥याएको छ भने भारतसँग हाम्रो राम्रो मित्रता हुन्छ । नेपालमा जुनसुकै सिस्टम होस् नेपालको सिस्टमले भारतको नेशनल इन्ट्रेष्टलाई बाधा पु¥याएको छैन बरु त्यो सँग सहयोगी हुन मद्दत गरेको छ भने नेपालसँग भारतको पनि राम्रो सम्बन्ध हुन्छ । एक अर्काको नेशनल इन्ट्रेष्ट सर्भ ग¥यो, एक अर्कालाई मद्दत ग¥यो भने त्यहीँनिर सम्बन्धहरु सुदृढ भएर जान्छन् । नेपालको नेशनल इन्ट्रेष्ट र भारतको नेशनल इन्ट्रेष्टलाई एक अर्काले सम्मान गर्ने, सहयोग गर्ने प्रक्रियाको सुरुवात गरियो भने दुनियाँको कुनैपनि तागतले हाम्रो सम्बन्ध सुदृढ हुन रोक्न सक्दैन । हामी सबै त्यतैतिर लागौँ ।’
उनले नेपालमा चलेको दशवर्षे सशस्त्त द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउनका लागि भारतको सकारात्मक धारणा भएका कारणले सम्भव भएको पनि बताए । भारतको सकारात्मक धारणा नभइदिएको भए माओवादी वा तत्कालीन सात दलको मात्रै चाहानले मात्रै शान्ति प्रक्रियामा आउन सम्भव नहुने उनको भनाई छ ।
उनले भने, ‘एउटा के कुरा सत्य हो भने सबैको सहयोग नभइकन त यो शान्ति सम्झौता भएको होइन । हुनत कतिपय शक्तिकेन्द्रहरु यो शान्ति सम्झौता हुनै नपाओस् भनेर अन्तिम समयसम्म पनि बल गरेको पनि हामीलाई थाहा छ । तरपनि नेपालको राजनीतिक शक्तिहरु, लोकतान्त्रिक राजनीतिक शक्तिहरु र हाम्रा छिमेकीहरु यो प्रक्रिया अगाडी आओस् भन्ने सहयोगको भावना नभएको भएपनि हामीले माओवादीले चाहेर मात्रैपनि यो ठाउँमा आउन सकिदैनथ्यो त्यो कुरापनि म सिन्सियर्ली राख्न चाहान्छु । त्यो माओवादीले मात्रै चाहेर या त्यतिबेलामा सात राजनीतिक दलले मात्रै चाहेर मात्रै पनि त्यो सबै सहज ढंगले सम्पन्न हुन सक्दैनथ्यो । हाम्रा छिमेकीहरुको, अझ त्यसमा भारतको सकारात्मक धारणा हुनैपथ्र्यो, भयो । त्यसकारण हामी अहिले यहाँ छौँ ।’
अध्यक्ष प्रचण्डले माओवादी जनयुद्ध भारतको सहयोगमा भएको भन्ने प्रचारबाजी झुठो भएको पनि उल्लेख गरे । माओवादी जनयुद्धलाई भारतको कुनैपनि प्रकारको सहयोग नरहेको उनले स्पष्ट पारे ।
скільки триватиме війна війна в україні 2022 пророцтва коли почалась друга світова війна
राष्ट्र हित र पार्टी हितविपरीत काम गरेको भन्दै ओलीलाई अध्यक्षबाट हटाउने निर्णय गरिएको उक्त समूहको भनाइ छ ।
अहिले कोभिड–१९ को महामारीपछि नमस्तेसँगै नयाँ पुस्तामा यो कुम मिलाउने चलन फस्टाएको छ । तर चीनको जनसेनाका उच्च तहमा रहेका फेङहेले नै यति सहज रुपमा कुम अघि सारेको देख्दा उनक...
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र त्यसअघि रिसर्च एण्ड एनालाइसिस विङ (‘रअ’) प्रमुख सामन्तकुमार गोयलपछि मंसिर ११ मा दुईदिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव ह...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
скільки триватиме війна війна в україні 2022 пророцтва коли почалась друга світова війна