
भारतीय सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे र त्यसअघि रिसर्च एण्ड एनालाइसिस विङ (‘रअ’) प्रमुख सामन्तकुमार गोयलपछि मंसिर ११ मा दुईदिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला नेपाल आउदै छन् ।
भारतीय दैनिश पत्रिका हिन्दुस्तान टाइम्सले आफ्नो अनलाईन संस्करणमा उनी नेपालसँगको सम्बन्ध सुधारका लागि मंसिर ११–१२ मा नेपालमा उच्च स्तरीय भेटघाट गर्ने जनाएको हो ।
टाइम्सका अनुसार भारतीय विदेश सचिव श्रींगलाले नेपालमा राष्ट्रपति बिद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र आफ्ना समकक्षी परराष्ट्र सचिव भरतराज पौडयालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
यस बाहेक उनले नेकपा, कांग्रेश र मधेश केन्द्रित दलका नेतासँग पनि भेटवार्ता गर्नेछन् । उनको यो भेट अनौपचारिक हुनेछ ।
भारतीय सेना अध्यक्ष मनोजमुकुन्द नरवणे नेपाल भ्रमणबाट फर्किएको केही दिनपछि नयाँदिल्लीले राजनीतिक तहको वार्ताका
लागि विदेश सचिवलाई नेपाल पठाउने निर्णय गरेको हो।
भारतले नेपालको कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर नक्सा जारी गरेपछि नेपाल-भारत सम्बन्ध ओह्रालो लाग्न थालेको थियो। नेपालले पनि कालापानी र लिपुलेक क्षेत्र समेट्न संविधान नै संशोधन गरेपछि नयाँदिल्लीसँगको काठमाडौंको सम्बन्ध चिस्सिएको थियो। दुई देशको सम्बन्ध चिसिएपछि कूटनीति र राजनीतिक तहमा काठमाडौं–नयाँदिल्लीबीचको सम्बन्ध टाढिएको हो ।
५ कात्तिक ५ मा भारतीय गुप्तचर संस्था रअका प्रमुख गोयल काठमाडौं आएपछि दुई देशबीच वार्ता श्रृंखला सुरु भएको हो ।
गोयल फर्किएको दुई साता नबित्दै भारतीय सेनाध्यक्ष जनरm नरवणे काठमाडौं आएका थिए। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदवी दिएकी थिइन् ।
श्रींगलाको भ्रमणको पुष्टि नेपालस्थित भारतीय राजदूतावास उच्च स्रोतले गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit