Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

स्थानीय निर्वाचनको परिणाम सन्तोषजनक भएनः ओली 

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको परिणाम सन्तोषजनक नभएको बताएका छन् । 

 


बुधबार नेकपा(एमाले)को संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनको परिणाम पार्टीका लागि सन्तोषजनक नभएको बताएका हुन
। उनले उएमालेले ठूलो घेराबन्दी र प्रतिकूलताका बीचमा निर्वाचनमा सामेल हुनुपरेको बताए । आगामी दिनमा पार्टीलाई थप संगठित र व्यवस्थित बनाउँदै निर्वाचनको तयारीमा लाग्नुपर्ने ओलीले बताए । 

 

 

ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले मुलुकको बास्तविकतालाई सम्बोधन गर्न नसक्ने टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम सतही भएको र नीतिमा भन्दापनि कार्यक्रममा आधारित भएको बताए ।  

 


संसदीय दलको बैठकमा सम्बोधन गर्दै अध्यक्ष ओलीले हालै अमेरिकी उपविदेश मन्त्रीले नेपाल भ्रमणको क्रममा तिब्बती शरणार्थीलाई भेटेर उक्साउने काम गरेको भन्दै त्यस्तो गर्नु बेठिक भएको बताए । उपविदेशमन्त्रीको भ्रमणका क्रममा नेपालको परराष्ट्र नीतिको स्थापित मूल्यहरुलाई खण्डित गर्ने व्यवहार भएको उनको भनाइ छ । 

 


ओलीले सरकारको नीति तथा कार्यक्रम माथि व्यवस्थित, तर्कयुक्त र वस्तुसम्मत् तरिकाले चरिफार गर्दै संसदमा प्रस्तुत हुन सांसदहरुलाई निर्देशन समेत दिएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै