
ललितपुर महानरपालिकाको मेयरमा विजयी भएका चिरिबाबु महर्जनले शपथग्रहण गरेका छन् ।
बुधवार मेयरमा निर्वाचित महर्जन र उपमेयरमा निर्वाचित मञ्जली शाक्यले अबको काम महानगरवासीमा समर्पित हुने बताएका छन् ।
मेयरमा महर्जनको यो दोस्रो कार्यकाल हो । महानगरका समस्या समाधानका लागि आफू तत्पर रहन उनले बताए । नर्वाचन अघिसम्म पार्टीका कुरा गरे पनि अब जनताका समस्या समाधान गर्ने उनको भनाइ छ ।
उनले भने, ‘निर्वाचनमा पार्टीको कुरा गर्यौं तर अब समग्र ललितपुर महानगरपालिकावासीको कुरा गर्नेछौं । महानगरमा
आएका कुराहरु, समस्याहरु समाधानमा अहोरात्र लाग्नेछौँ । हामी राजनीतिक रुपमा अब प्रस्तुत हुन मिल्दैन । हाम्रा लागि सबै बराबर हुन् । हामी टिमवर्कको रुपमा काम गर्नेछौँ । शिरमा महानगरपालिकावासीलाई राखेर काम गर्नेछौँ ।’
सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता महर्जन ललितपुर महानगरको मेयरमा विजयी बनेका छन् भने उपमेयरमा नेकपा एमालेकी मञ्जली शाक्य निर्वाचित भएकी छिन् ।
मेयर महर्जनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारलाई १८ हजार १६२ मतान्तरले पराजित गरेका हुन् । उनले ४२ हजार ७२२ मत प्राप्त गरेका थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit