Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

श्रीमती हत्याको आरोपमा दुईजना पक्राउ

प्रहरीले आफ्नै श्रीमती हत्याको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार पक्राउ पर्नेमध्ये एकजना सिरहा लाहान
नगरपालिका–७ का ४२ वर्षीय प्रवीन चौधरी छन् ।

 

उनी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपन आकाशे धारानजिक डेरामा बस्दै आएका थिए। 

 

उनीमाथि आफ्नै ३० वर्षीया श्रीमती अस्मिता चौधरीको हत्या गरेको आरोप छ । 

 

उनले आफ्नै श्रीमतीलाई सुतिरहेको अवस्थामा शरीरमा तारपिन तेल खन्याई आगो लगाइदिएका थिए । स्थानीयले घाइते अवस्थामा फेला पारी सुस्मा मेमोरियल अस्पताल साँखु लगे पनि उनको मृत्यु भएको थियो । 

 

आइतबार नै श्रीमती हत्याकै आरोपमा मकवानपुर बकैया गाउँपालिका–५ तीनतले बस्ने भारत मध्य प्रदेश भुपाल घर भएका ३० वर्षीय पवन सोनी पक्राउ परेका छन् । उनीमाथि आफ्नै श्रीमती २८ वर्षीया दिया शर्माको हत्या गरेको आरोप छ ।  

 


उनले घरायसी विवादको कारण सुत्ने कोठामा घाँटी थिची हत्या गरेको प्रहरीले बताएको छ । 

 

त्यस्तै प्रहरीले कर्तव्य ज्यान मुद्दामा संलग्न रहेको आरोपमा तीनजनालाई पक्राउ गरेको छ ।  

 

पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१०का विमल सुनार, सोही नगरपालिका ८ नं वडाका सुशील विक र सोही नगरपालिका–३ बस्ने होम बहादुर विक रहेका छन् ।

 

उनीहरुमाथि शुक्लागण्डकी नगरपालिका–५ का विशाल भण्डारीको हत्याको आरोप छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै