Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा महानिरीक्षक चयन : गृहसचिव

गृहसचिव टेकनारायण पाण्डेले परिपक्वता, कार्यकुशलता र कार्यक्षमताको आधारमा  सरकारले नेपाल प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको बताएका छन् । 

 

सोमबार गृह मन्त्रालयमा नवनियुक्त महानिरीक्षक सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई दज्र्यानी चिह्न प्रदान गर्दै सचिव पाण्डेले यस्तो बताएका हुन् । उनले प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए पनि प्रचलित कानून प्रहरी नियमावलीमा भएको व्यवस्थाअनुरुप नै महानिरीक्षकमा बढुवा गरिएको बताए । 

 

सचिव पाण्डेले एआईजीहरुमा सिंहमा सबै कार्यकुशलता देखेर नै निर्णय गरेको बताए । उनले सबै एआईजीहरु १२ चैत २०४९ सालमा नियुक्त भएकोले उनीहरुबाट नै कार्यकुशलता र नेतृत्व प्रदान गर्न सक्ने क्षमताका आधारमा सरकारले सिंहलाई महानिरीक्षक बनाएको स्पष्ट पारे ।

 

‘प्रहरी महानिरीक्षक बढुवाको सन्दर्भमा विभिन्न मिडियाबाजी भए । हाम्रो प्रचलित कानून प्रहरी नियमावलीमा भएको व्यवस्थाले ज्येष्ठता भन्छ । ज्येष्ठता भनेपछि सबै २०४९ साल चैत्र १२ गतेको नियुक्तिको मान्छेहरु नै अहिले महानिरीक्षक हुन उपयुक्त हो । सबै त्यही हुनुहुन्छ ४ जना नै । त्यसमा ज्येष्ठता भनेपछि पदको ज्येष्ठता मात्रै नभइकन कसले संगठनलाई अविभावकीय भुमिका दिनसक्छ ? हाम्रो परिवारमा बुबाको भुमिका हुन्छ नि कमाण्ड गर्न सक्ने यहाँ पनि त्यही लागू हुन्छ । यहाँ पनि अविभावकीय भुमिकाको हिसावले सरकारले खोज्यो । त्यो हिसावले ज्येष्ठता रोज्यो । परिपक्वताको हिसावले सरकारले छनोट ग¥यो । नियमावलीले कार्यकुशलता र कार्यक्षमता भनेको छ । सरकारलाई भएका एआईजीहरुमा नवनियुक्त महानिरीक्षकज्यू एआईजीबाट बढुवा हुनुभयो । उहाँको कार्य कुशलता र कार्य क्षमता सरकारलाई राम्रो लाग्यो,’ पाण्डेले भने ।

 

सचिव पाण्डेले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको अहिलेको जनशक्तिले आवश्यक्तालाई धान्न नसक्ने बताए । उनले अहिलेको आवश्यक्ता धान्न १ लाख नेपाल प्रहरी र न्यूनतम ५० हजार सशस्त्र प्रहरीको आवश्यक्ता रहेको पनि जनाए ।

 

‘नेपाल प्रहरीको ७९ हजारको जनशक्ति र सशस्त्र प्रहरी बल नेपालको ३७ हजार हाराहारीको जनशक्तिले अहिलेको बदलिँदो समाजको आवश्यक्ता र मागलाई धान्न सकिरहेको अवस्था छैन । मेरो आँकलनमा अहिलेको माग र प्रहरी चौकीको स्तरोन्नती, ईलाका प्रहरी कार्यालयको स्थापना अरु आवश्यक्तालाई हेर्दा नेपाल प्रहरी न्युनतम १ लाखको संख्यामा तत्काल जरुरी छ । त्यस्तै सीमा, सुरक्षा लगायत अरु चोरी, तस्करी नियन्त्रण, राजश्व अभिवृद्धि लगायतका अभिभाराहरुको कार्यसम्पादन गर्न सशस्त्र प्रहरी बलमा अहिलेको अवस्थामा न्यूनतम ५० हजार संख्याको प्रहरी फोर्स जरुरी देखिन्छ,’ उनले भने ।

 

गृहसचिव पाण्डेले आन्तरिक रुपमा रहेका विकृति र विसंगतिलाई हटाउनु दुवै प्रहरी बलका लागि चुनौती रहेको धारणा राखे । उनले विगतमा भोगेका भन्दा नवीन ढाँचाका अपराधका प्रकृतिहरु विकास भइरहेकोले तिनको नियन्त्रण र त्यस्ता चुनौतीहरुको सामना गर्न सक्षम प्रहरी संगठनको निर्माण गर्नुपर्ने बताए ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै