Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बेला छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थ भन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताएका छन् ।

 

नेपाल आर्थिक पत्रका संघ (नाफिज)ले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रको प्राथमिकता राष्ट्र निर्माण र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् । उनले निजी क्षेत्रका केहि व्यवसायी आफ्नो स्वार्थमा लागे पनि आम निजी क्षेत्र आर्थिक विकास र राष्ट्र निर्माणमा रहेको बताएका छन् । देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा  रहेकोले कोभिड पछिको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत दिन नसकेको बताएका छन् ।

 

‘अहिले सरकारको बजेट र लगानी सानो रहेको छ, हामीले निर्माण गरेका संरचनाहरुको खर्च गर्ने प्रवृति हेर्दा चालु खर्चलाई मात्रै पनि धान्न समस्या छ, यसले गर्दा नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा छ, अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल भएको छ, भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त बन्दै गएको छ,  कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलियत उपलब्ध हुन नसकेको छैन, त, नीजी क्षेत्रको खाजेजस्तो सहुलियत पुरा गर्ने प्रयास जारी छ’ उनले भने ।

 

उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशा योग्य भएको बताउँदै अब सरकारसँग मिलेर निजी क्षेत्रले ठूला पुर्वाधार निर्माणमा लगानी गर्न आग्रह समेत गरेका छन् ।

 

त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सीसीडी रेसियो हटाएकोले अहिले बजारमा तरलताको अभाव नभएको बताएका छन् । उनले हामीले अहिले बजारमा भइरहेको तरलताको विषयमा सीसीडी र तरलतालाई तुलना गर्न नहुने बताएका छन् । उनले तरलता लामो समयदेखि समस्याको विषय भएको र कर्जाको माग बढेकोले पनि तरलताको समस्या देखिएको बताएका छन् ।

 

‘अहिले कार्यान्वयनमा ल्याइएको सीडी रेसियो सम्बन्धी व्यवस्थाले तत्कालका लागि केही असहज मानेका छन्, अहिले कैलाईए असहजता भए पनि अधिकांश प्रणालीका लागि राम्रो हो, हामीले नीतिकै माध्यमबाट प्रणाली बचाउने हो, अहिले पनि बचाएका छौं, यसलाई सबैले बुझ्न आवश्यक छ, सीसीडी रेसियोले केहीलाई समस्या परे पनि सम्पूर्ण प्रणालीका लागि राम्रो छ, समग्र आर्थिक प्रणाली जोगाउन राष्ट्र बैंकले सक्दो प्रयास गरिरहेको छ, अहिले तरलताको समस्या देखिएको छ । यसको समाधानका लागि राष्ट्र बैंकले प्रयास गरिएको छ’ उनले भने ।

 

उनले विश्व अर्थतन्त्र ५.९ प्रतिशतले विस्तार हुने प्रक्षेपण भइरहेको बताएका छन् । उनले नेपालमा पनि कोभिडपछि अर्थतन्त्रमा राम्रो रिकभरी भएको जानकारी दिँदै अहिले समग्र माग बढ्दा मूल्यवृद्धिमा चाप पर्दै गइरहेको छ र यसरी चाप पर्दा मूल्यवृद्धि ६.५ प्रतिशतमा रहने अनुमान गरिएको समेत बताएका छन् ।

 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले कोरोना महामारीको अवस्थामा राम्रो काम गरेकाले अर्थतन्त्र चाडै माथि उठ्न सक्ने अवस्थामा पुगेको बताएका छन् । उनले सरकारको तर्फबाट स्टीमुलस प्याकेज आउन नसकेको पनि बताएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै