Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

एमालेले तय गर्‍याे राष्ट्रियसभा सदस्यका १९ उम्मेदवार

नेकपा एमालेले राष्ट्रियसभा सदस्यका १९ उम्मेदवारहरु तय गरेको छ ।

 

 

प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार आज बसेको सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि चुनाव हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको हो । 

 

 

प्रदेश १ मा खुलातर्फ देवराज घिमिरे, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यकतर्फ सोनाम ग्याल्जेन शेर्पा उम्मेद्वार रहेका छन् । त्यस्तै, प्रदेश २ मा खुलातर्फ असर्फी भिनवार यादव  र महिलातर्फ बिना साह उंम्मेद्वार रहेका छन् ।

 

 

त्यस्तै, बागमतीमा खुलातर्फ गोपाल शाक्य र महिलातर्फ निरकुमारी कुँवर दर्लामी, गण्डकीबाट खुलातर्फ पुण्यप्रसाद पौडेल, महिलातर्फ लीला पोखरेल थनेट  र दलिततर्फ गोविन्दबहादुर नेपालीलाई एमालेले उम्मेदवार छनोट गरेको छ ।

 

 

त्यस्तै, लुम्बिनीमा खुलातर्फ रामदयाल गुप्ता, महिलातर्फ भारती खनाल र दलिततर्फ कृष्णबहादुर सुनारलाई उम्मेदवार बनाइएको छ । कर्णालीमा खुलातर्फ चूडामणि शर्मा, महिलातर्फ गंगा थापा महत र अल्पसंख्यकतर्फ पदमबहादुर माझीलाई उम्मेद्वार बनाउने भएको छ ।

 

 

सुदूरपश्चिमबाट खुलातर्फ डिल्लीराज भट्ट, महिलातर्फ सन्तोषकुमारी शर्मा  र दलिततर्फ नरेश बिकलाई उम्मेद्वार बनाउने निर्णय एमालेले गरेको छ । आगामी १२ माघमा हुने निर्वाचनका लागि भोलि मंगलबार मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै