Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

काठमाडौंमा बरामद भयो १४ करोड रुपैयाँको सेतो हेराेईन, दुई विदेशी नागरिक पक्राउ 

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका दुई विदेशी नागरिकलाई सार्वजनिक गरेको छ । 

 

ब्यूरोले आईतवार पत्रकार सम्मेलन गर्दै लागूऔषध ७ किलो सेतो हेरोईनसहित पक्राउ परेका विदेशी नागरिकलाई सार्वजनिक गरेको हो । 

 

गत वैशाख ३ गते त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अफ्रिकाको जोहान्नसवर्गबाट दोहा हुँदै काठमाडौं आएकी वर्ष ३५ की जेम्बियन नागरिक कपुतुला अभिषरागलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनले ल्याएको सुटकेसभित्र फ्लस बटम बनाइ लुकाएर ल्याएको अवस्थामा ७ किलोगा्रम लागु औषध सेतो हेराईन प्रहरीले बरामद गरेको थियो । 

 

त्यस्तै उक्त लागूऔषध लिन आएकी केइफाङ्ग मिजोराम ठेगाना भएकी वर्ष ३५ की भारतीय नागरिक लालनुनपुईलाई पनि पक्राउ गरी सार्वजनिक गरेको छ । हेराईनको कारोबारमा संलग्न दुवै महिलालाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागु औषध सेतो हेरोईन मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । उनले निजहरुको साथबाट बरामद ७ केजी सेतो हिरोइनको अन्दाजी बजार मूल्य १४ करोड रहेको बताए ।

 

 

प्रहरी उपरीक्षक श्रेष्ठले हुलाकबाट आउने गरेका सामानहरुमा समेत लागूऔषध भित्रिन सक्ने भन्दै अनुसन्धानलाई तीव्रता दिएको बताए । उनले यसै क्रममा गत वर्षको फागुन ११ गते हुलाक कार्यालय डिल्लीबजार काठमाडौं इएमएस शाखामा बेलायतबाट पठाएको कार्टुन बक्समा ४.४१८ केजी तौल बराबरको साना चकलेटहरु रहेको र चकेलटमा गाँजा तथा चरेशहरु पाइएको र त्यसलाई बरामद गरी कन्ट्रोल डेलिभरी गर्ने क्रममा पर्साका २२ वर्षीय राज शिखर गुप्तालाई पक्राउ गरिएको बताए । 

 

अनुसन्धानमा जर्मनबाट पठाइएको अर्को कार्टुन बक्स फेला परेको र त्यसमा ५ सय वटा नाम नखुलेको एम्फेटामाइन ट्याब्लेट्स फेला परेको एसपी श्रेष्ठले बताए । उनीहरुलाई पूर्पक्षका लागि थुनामा राखिएको श्रेष्ठले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै